IME Life

बेनेलीले ल्यायो “पहिला कहिल्यै नभएको अहिले” नयाँ अफर

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । बेनेली मोटरसाइकलको नेपालकालागि आधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङ प्रा. लि.ले इटालीमा बनेको र विश्वमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल चाडपर्वलाई लक्षित गर्दै ‘पहिला कहिल्यै नभएको अहिले’ शीर्षक अन्तर्गत दशैँ तथा तिहारकालागि यो योजना ल्याएको छ । उक्त अफर बेनेलीका सबै मोडलका मोटरसाइकलका लागि मान्य हुनेछ ।

यसमा ग्राहकहरूले प्रत्येक खरिदमा थाइल्याण्डको निःशुल्क यात्रा वा सो बराबरको नगद छुट, बेनेलीको ब्रान्डेड हेल्मेट र अन्य धेरै उपहार प्राप्त गर्न सक्नेछन् । यो अफर विभिन्न मोडलहरूमा विविधिकरण गरिएको छ जसमा बेलेनी पेनेरिया स्कुटर, टिएनटी–१५, टिएनटी–१५०आइ र ३०२एस मोडलमा ग्राहकहरुले १ लाख रुपैयाँसम्मको स्क््रयाच कुपन र १८०एस तथा टिआरके बेनेली मोटरसाइकलमा थाइल्याण्ड भ्रमण वा सो बराबरको नगद छुट पाउनेछन् ।

Crest

नेपालमा बेनेली मोटरसाइकल हाल निम्न मोडलहरु उपलब्ध छन्ः
टिएनटि–१५ बेनेलीको सबैभन्दा किफायती र भरपर्दो मोटरसाइकल हो । टिएनटि–१५आई —जसमा ट्रेलिस फ्रेम, अपसाइड डाउन फोर्क्स र इएफआई (इलेक्ट्रोनिक फ्युल इन्जेक्शन) सुविधा प्राप्त छ । १८०एस मोडल – जुन विशेष डिजाइन र उत्तिकै आरामदायी छ । टिआरके–२५१ – यो मोटरसाइकल साहसिक र एडभेन्चर कार्यको लागि राइडरको चाहना अनुसारले डिजाइन गरिएको छ । ३०२एस – जसमा समान दुइवटा इन्जिनले युक्त छ । टिएनटी–६००आइ जसले इनलाइन सुविधा सहित चार सिलिन्डरको इन्जिनले युक्त छ । साथै ७५२एस मोडल जसले नेपालका सडकहरूमा कुदाउन सक्ने भन्दा बढी शक्ति र थप उर्जा समेत प्रदान गर्दछ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS