GBIME
IME Life

नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ । यस सामुहिक शोरुमको उद्घाटन प्रतिनिधि सभा सदस्य माननिय लाल प्रसाद सावा लिम्बुले गरेका हुन् । शोरुमका सफलताका लागि शुभकामना दिनुहुदै माननिय ज्युले नेपाली उत्पादनको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने र नितिगत रुपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडी बढाउनका लागि महत्वपूर्ण भुमिका निभाउने कुरा बताए ।

साथै उद्योगमार्फत रोजगारी सिर्जना गरी आर्थिक रुपमा योगदान पुर्याउनुभएकोमा जुत्ता उत्पादक उद्योगी व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरे । उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य महासंघका पुर्वकार्यकारी सदस्य, बर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

SKYWELL
Crest

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले नेपाली जुत्ता उत्पादक समुहद्धारा सामुहिक शोरुम अवधारण अन्तर्गत खोलिएको यस न्यूरोड नेपाली जुत्ताघर चौथो शोरुम हो । यस अघि पोखरा, बुटबल र जनकपुरमा तिनवटा सामुहिक शोरुमको उद्घाटन गरिसकेको छ । साथै आगामी दिनमा देशभरका बिभिन्न स्थानहरुमा नयाँ शोरुमहरु खोल्ने र उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादनहरु उपलब्ध गराउने जानकारी गराए । न्यूरोड नेपाली जुत्ता घरमा वि.एफ डियर हिल र वि.एफ स्पोट, क्रस रोड, –रोयल शुज, फस्टवाक शुज, डि.जे. शुज, कोसेली सुज, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरु आकर्षक छुटमा उपलब्ध रहेका छन ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS