IME Life

आजसम्म शेयर किन्नेले सिटिजन्स बैंकको लाभांश पाउने, साधारण सभा कहिले ?

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण आज असोज १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् ।

बैंकले असोज २६ गते १७औं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा काठमाडौंको डिल्लीबजार स्थित अमृतभोगमा गर्ने कम्पनीले जनाएको छ । सभा विहान ११ बजे गनेृ कम्पनीको भनाई छ । कम्पनीको असोज ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

Meta Holidays
Crest

बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ दशमलव ७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । सभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र मिति २०७७/०४/०१ देखि २०८०/०३/३१ सम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने कम्पनी ऐन, २०६३ को दफा १११(३) बमोजिम बहालवाला लेखापरीक्षक श्री जे के एण्ड एसएस एसोसिएटस्, चार्टड एकाउन्टेन्टस् पुनः नियुक्त हुन योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

सभाले बैंकको नियमावली अनुसार समूह क का संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पद ३ र समूह ख का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पद १ जना निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने (मर्ज गर्न वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायित्त्व तथा कारोवारको मूल्याङ्कन गर्न राष्ट्रिय वा अन्तराष्ट्रिय मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गर्न तथा गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS