IME Life

सानिमा रिलायन्स लाइफको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको धरान र पानवारी शाखाको संयुक्त आयोजनामा एक विशेष कार्यक्रमको आयोजना गरी गत आर्थिक वर्षमा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरुलाई सम्मान प्रदान गरेको छ । क्षेत्र प्रमुख थिरलोचन श्रेष्ठको सभापतित्वमा आयोजित सम्मान तथा अभिकर्ता उत्प्रेरणा कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रमुख व्यापार अधिकृत गुणराज श्रेष्ठ रहेका थिए ।

उक्त कार्यक्रमको सहजीकरण धरान शाखा प्रमुख कृष्ण कुमार चौधरीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले अभिकर्ताहरुलाई विभिन्न मार्केटिङ टुलहरुको बारेमा प्रशिक्षण गराएका थिए ।

Meta Holidays
Crest

कार्यक्रममा गत आर्थिक वर्षको व्यक्तिगत कोडबाट प्रथम हुनुहुने बबिता कार्की , दोश्रो हुनुहुने दिलु लिम्बु, तेश्रो हुनुहुने साधना थापा त्यसैगरी टिम व्यापारमा प्रथम हुनुहुने बबिता कार्की, दोश्रो हुने ध्रुव भट्टराई , तेश्रो हुनुहुने दिलु लिम्बुलाई सम्मान गरिएको थियो ।

त्यसैगरि गत आर्थिक वर्षमा फास्ट ट्रयाक एजेन्सी मेनेजर बन्न सफल गजेन्द्र मुखिया, आरती राइ र चम्पा देवानलाई सम्मान गरिएको थियो । त्यसैगरि सबैभन्दा धेरै जनालाई वीमा गराउनेमा क्रमशः बबिता कार्की, उमेश पौडेल र गजेन्द्र मुखियालाई सम्मान गरिएको थियो । त्यसैगरि उत्कृष्ट एजेन्सी मेनेजरको रुपमा सुमित्रा राइलाइ सम्मान गरिएको थियो ।

त्यस्तै, पानवारी शाखाबाट टिम व्यापारमा सानिया राय र व्यक्तिगत व्यापारमा अनिता कुमारी उरावलाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा पानबारी शाखाको शाखाप्रमुख रुविना श्रेष्ठ , दुवै शाखाको कर्मचारी र उल्लेख्य संख्यामा एजेन्सी मेनेजर तथा अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापनमा बोल्दै सभापति थिरलोचन श्रेष्ठले भने, यस किसिमको कार्यक्रमले अभिकर्ताहरुमा उत्प्रेरणा र मनोबल बढाउने काम गर्दछ साथै पेशाको निरन्तरतामा टेवा दिने काम गर्दछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS