IME Life

यस साता १ कम्पनी बाहेक सबै निर्जीवन बीमाको शेयर मुल्यमा गिरावट, कुनको कति ?

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । यस साता नेप्से परिसूचक १ दशमलव २५ प्रतिशतले घटेको छ । असोज १० गते अन्तिम दिन नेप्से परिसूचक १८ दशमलव ६० अंकले घटेर २००४ दशलमव ३० को विन्दुमा कायम भएको छ अधिल्लो साता नेप्से परिसूचक ४४ अंकले बढेर २०२९ दशमलव ७८ को विन्दुमा कायम भएको थियो । साताको अन्तिम कारोबार दिन सबै उपसूचक घटेका थिए । असोज १० गते निर्जीवन बीमा उपसूचक ० दशलमव ९४ प्रतिशतले घटेको छ ।

साताको अन्तिम कारोबार दिन असोज १० गते कारोबार भएका १२ वटा निर्जीवन बीमा कम्पनीमध्ये एक कम्पनी नेपाल इस्योरेन्स बाहेक सबै कम्पनीको शेयर मुल्यमा गिरावट भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीको मुल्य ११ रुपैयाँले बढेर ८१० रुपैयाँ कायम भएको छ । यस साता हिमालयन एभरेष्ट यनस्योरेन्स कम्पनीको शेयर मुल्य ५ रुपैयाँले घटेर ५६४ रुपैयाँ कायम भएको छ । आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको शेयर मुल्य ५ रुपैयाँ ९० पैसाले घटेर ५०६ रुपैयाँ कायम भएको छ ।

Meta Holidays
Crest

त्यस्तै, नेको इन्स्योरेन्सको शेयर मुल्य १६ रुपैयाँले घटेर ८५७ रुपैयाँ कायम भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मुल्य १५ रुपैयाँले बटेर ७७७ रुपैयाँ कायम भएको छ । प्रभु इन्स्योरेन्सको शेयर मुल्य ७ रुपैयाँले घटेर ६८७ रुपैयाँ कायम भएको छ । राष्ट्रिय बीमा कम्पनीको शेयर मुल्य १३० रुपैयाँले घटेर १४ हजार २३० रुपैयाँ कायम भएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयर मुल्य १ रुपैयाँ ५० पैसाले घटेर ७०९ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी सानिमा जिआइसीको शेयर मुल्य ११ रुपैयाँले घटेर ५६९ रुपैयाँ कायम भएको छ । शिखर इन्स्योरेन्सको शेयर मुल्य ५ रुपैयाँ १० पैसाले घटेर ७६० रुपैयाँ कायम भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर मुल्य ७ रुपैयाँले घटेर ७३१ रुपैयाँ कायम भएको छ । यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर मुल्य १० रुपैयाँले घटेर ५७५ रुपैयाँ कायम भएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS