IME Life

प्रत्येक वर्ष आकर्षक लाभांश घोषणा गरेको नबिल बैंकको विगत १२ वर्षको लाभांश इतिहासलाई फर्केर हेर्दा

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७९/ ८० को लाभांश घोषणाको तयारीमा रहेको नबिल बैंकले आफ्ना शेयरधनीहरुलाई प्रत्येक वर्ष आकर्षक लाभांश दिंदै आएको छ। बैंकले १२ वर्षको अवधिमा कूल ५२१ दशमलव १०२ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीको १२ वर्षको लाभांश इतिहास हेर्दा यस्तो देखिएको हो । कम्पनीले यस १२ वर्षको अवधिमा नगद लाभांशलाई भन्दा बोनश शेयरलाई नै प्राथमिकता दिएको छ । कम्पनीले यस अवधिमा २६४ दशमलव ६ प्रतिशत बोनश शेयर वितरण गरेको छ भने २५६ दशमलव ५०२ प्रतिशत नगद लाभांश वितण गरेको हो ।

बैंकले २०६८ सालदेखि आफ्ना शेयरधनीहरुलाई हात खाली बनाएको छैन् । बैंकले २०६८ सालदेखि रेगुलर २०७९ सालसम्म लाभांश वितरण गरेको छ । यस आर्थिक वर्षमा भने कम्पनीले लाभांश घोषणामा केही ढिलाई गरेको हो ।

Meta Holidays
Crest

कम्पनीले २०६७ /२०६८ मा कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो । जसमध्ये कम्पनीले कूल ३० प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो । २०६८ /६९ मा कम्पनीले कुल ६० प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा बैंकले ४० प्रतिशत नगद लाभांश वितरण गरेको हो भने २० प्रतिशत बोनश शेयर वितरण गरेको हो ।

त्यस्तै, बैंकले २०६९ /७० मा कुल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमध्ये बैंकले २५ प्रतिशत बोनश शेयर र ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । २०७०/ ७१ मा बैंकले ६५ प्रतिशत नै लाभांश वितरण गरेको थियो । जसमध्ये बैंकले २० प्रतिशत बोनश शेयर र ४५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । २०७१/ ७२ मा बैंकले कुल ३६ दशमलव ८४२ प्रतिशत लाभांश दिएको थियो । त्यस वर्ष बैंकले ३० प्रतिशत बोनश र ६ दशलमव ८४२ प्रतिशत नगद लाभांश दिएको थियो ।
आर्थिक वर्ष २०७२ /७३ मा बैंकले कुल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो । सोमध्ये बैंकले ३० प्रतिशत बोनश र १५ प्रतिशत नगद लाभांश दिएको थियो । २०७३/ ७४ मा बैंकले कुल ४८ प्रतिशत लाभांश दिएको थियो । जसमध्ये बैंकले ३० प्रतिशत बोनश र १८ प्रतिशत नगद लाभांश दिएको थियो ।

त्यसैगरी बैंकले आर्थिक वर्ष २०७४/ ७५ मा ३४ प्रतिशत लाभांश दिएको थियो । जसमध्ये बैंकले १२ प्रतिशत बोनश शेयर र २२ प्रतिशत नगद लाभांश दिएको थियो । बैंकले आर्थिक वर्ष २०७५ /७६ मा ३४ प्रतिशत लाभांश दिएको थियो । जसमध्ये बैंकले १२ प्रतिशत बोनश शेयर र २२ प्रतिशत नगद लाभांश दिएको थियो । आर्थिक वर्ष २०७६/ ७७ मा कुल ३५ दशलमव ३६ प्रतिशत लाभांश दिएको थियो । जसमध्ये बैंकले ३३ दशलमव ५ प्रतिशत बोनश शेयर दिएको थियो भने १ दशमलव ७६ प्रतिशत नगद लाभांश दिएको थियो ।

त्यस्तै, बैंकले आर्थिक वर्ष २०७७ /७८ मा कुल ३८ प्रतिशत लाभांश दिएको थियो । जसमध्ये ३३ दशमलव ६ प्रतिशत बोनश शेयर वितरण गरेको थियो भने ४ दशलमव ४ प्रतिशत नगद लाभांश दिएको थियो । २०७८/ ७९ मा बैंकले कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो । जसमध्ये बैंकले १८ दशलमव ५ प्रतिशत बोनश र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

7%

दु :खी

0%

अचम्मित

29%

उत्साहित

14%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS