IME Life

हाथवे इन्भेष्टमेण्टको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपालले आफ्नो कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा ग्लोबल आइएमई क्यापिटल लि.को रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा असोज ७ गते आयोजना गरिएको एक कार्यक्रममा इन्भेष्टमेण्ट कम्पनी र क्यापिटल बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा इन्भेष्टमेण्ट कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत संदिप शाह र क्यापीटलको तर्फबाट नि.प्रमुख कार्यकारी अधिकृत नलिना श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कम्पनी नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०६५ चैत १४ गते दर्ता भई सोही मितिदेखि आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ । हाल कम्पनीको अधिकृत पुँजी रु.१५० करोड तथा जारी तथा चुक्ता पुँजी रु.११७ करोड रहेको छ । यस कम्पनीले सर्वसाधारण समुहतर्फ छुट्याइएको १२.५ प्रतिशतले हुने २९,२५,००० कित्ता शेयर प्रति कित्ता अंकित मूल्य ५० रुपैयाँका दरले हालै मात्र सार्वजनिक निष्काशन गरी बाँडफाँड समेत गरिसकिएको छ ।

Meta Holidays
Crest

भदौ २१ गतेदेखि भदौ २५ गतेसम्म सर्वसाधारणको लागि शेयरको निष्काशन तथा बिक्री खुल्ला भएको यस कम्पनीको सार्वजनिक निष्काशनमा सर्वसाधारण लगानीकर्ताहरुको उत्साहप्रद सहभागिता रहेको थियो ।

नेपालका ख्याती प्राप्त युवा व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट, अन्य प्रोफेसनल लगायतका प्रबुद्ध व्यक्तिहरुको समुहद्वारा संस्थापित र सञ्चालित यस कम्पनीले नेपालको पूँजी बजार र लगानीका अन्य क्षेत्रहरुमा लगानी गरी आफुलाई एक सफल इनभेष्टमेन्ट कम्पनीको रुपमा आफुलाई उभ्याउन सफल भएको छ । यस कम्पनीले पुँजी बजारको अतिरिक्त जलविद्युत, रियल इस्टेट, आर्थिक, पर्यटन र स्वः पूँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार र विविधिकरण गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्याउँदै आएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS