IME Life

केयु स्कुल अफ म्यानेजमेन्टको आइडिया एक्सन, इन्भेष्टमेन्ट सर्कल र कुसोम अलुम्नाइबिच सम्झौता

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । केयुस्कुल अफ म्यानेजमेन्टको आइडिया एक्सन, इन्भेष्टमेन्ट सर्कल र कुसोमका पूर्व विद्यार्थिहरुकोसंगठन कुसोम अलुम्नाइबिच उद्यमशिलता प्रवद्र्धन गर्न समझ्दारीपत्रमा हस्ताक्षर भएको छ । उक्त एमओयुको उद्देश्य अन्तर्गत कुसोमका विद्यार्थिहरुलाई उद्यमशिलता र लगानी सम्बन्धि गतिविधिहरुमा शिक्षित र संलग्न गराउने लक्ष्य लिइएको छ ।

साथै, एमओयुले तिनै संस्थाहरुसँग सम्बन्धित उद्यमीहरुलाई प्राविधिक सहयोग प्रवाह गर्न एकअर्काको कोर स्ट्रेन्थको लाभ लिन सक्ने बाटो खोल्ने छ । कुसोमका डिन प्रा. देवी प्रसाद बेदारीले यस समझ्दारीले कुसोमका विद्यार्थिमा उद्यमशिलता तर्फ रुची जगाउन तथा कुसोमलाई भविष्यमा उद्यमशिलताको केन्द्रविन्दु बन्न मद्दत गर्ने र यसले देशबाट हुने ब्रेन ड्रेन नियन्त्रणमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।

Meta Holidays
Crest

त्यसैगरी, कुसोम अलुम्नाइका अध्यक्ष देव प्रकाश गुप्ताले उद्यमशिलता विकास गर्न प्राविधिक सल्लाहका साथै नेटवर्किङको आवश्यक्ता हुनेहुँदा यसमा अलुम्नाइले सहजिकरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

इन्क्युबेशन र स्टार्टअप फन्डिङमा एक दशकभन्दा बढीको व्यवहारिक अनुभव बोकेको इन्भेष्टमेन्ट सर्कल नेपाली स्टार्टअप इकोसिस्टममा स्थापित नाम हो । कुसोमको सैद्धान्तिक आधार, इन्भेष्टमेन्ट सर्कलको व्यवहारिक दृष्टिकोण र कुसोम अलुम्नाइको विशाल नेटवर्किङको साथ, यस समझ्दारीले कुसोमलाई राष्ट्रको उद्यमशिलता केन्द्रका रुपमा स्थापित बनाउने अपेक्षा गरिएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS