IME Life

निःसहाय सदनलाई सन नेपाल लाइफका ९ वटा शाखाले संयुक्त रुपमा गरे सहयोग

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको छैठौं वार्षिकोत्सव तथा सामाजिक सेवा दिवसको उपलक्ष्यमा वागमति प्रदेश कार्यालय अन्तर्गत रहेका काठमाडौं उपत्यका भित्रका ९ वटा शाखा कार्यालयहरुले संयुक्त रुपमा काठमाडौं ३१ शान्तिनगर स्थित निःसहाय सदन जेष्ठ नागरिक आवास गृहमा रहेका ४१ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र फलफुल प्रदान गरी सम्मान गरेका छन् ।

उक्त कार्यक्रममा कम्पनीका वागमति प्रदेश प्रमुख चुडामणि सुवेदी सहित सबै शाखाका प्रमुखहहरु, अभिकर्ता, मार्केटिङ म्यानेजरहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा ९२ वर्षिय जेष्ठ नागरिक खडानन्द सापकोटाबाट केक काटी सम्पूर्ण सम्मानित जेष्ठ नागरिक तथा उपस्थित सबैले खुसीयाली मनाइएको थियो ।

Meta Holidays
Crest

कार्यक्रममा वागमति प्रदेश प्रमुख चुडामणि सुवेदीले कम्पनीका बीमित, अभिकर्ता, कर्मचारी, लगानीकर्ता, शुभचिन्तक लगायत सम्पूर्ण सरोकारवालाहरुको मेहनत, विश्वास, धैर्यता र शुभेच्छाका कारण कम्पनी एक नेतृत्वदायी कम्पनीको रुपमा अगाडी बढ्न सफल भएकोमा सबैप्रति हार्दिक धन्यवाद र वधाई ज्ञापन गर्दै सम्मानित जेष्ठ नागरिककहहरु प्रति सुस्वास्थ्य र दीर्घायूको कामना व्यक्त गरे ।

निःसहाय सदन जेष्ठ नागरिक आवास गृहका संचालिका पुनम बस्नेतले कम्पनीको सहयोग र सद्भाव प्रति धन्यवाद ज्ञापन गर्दै कम्पनीको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरिन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS