GBIME
IME Life

तारकेश्वर मेयर कप प्रतियोगिता-२०८० सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । धर्मस्थली ब्याडमिन्टल एसोसिएसनले आयोजना गरेको तारकेश्वर मेयर कप प्रतियोगिता २०८० सम्पन्न भएको छ । प्रतियोगितामा दुई वर्ग गरि १०३ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता तारकेश्वर नगरपालिका नगरप्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्यता, तारकेश्वर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष घनश्याम श्रेष्ठको विशेष आतिथ्यता र धर्मस्थली ब्याडमिन्टन एसोसिएसनका सभापति विजय श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै तारकेश्वर नगरपालिका नगरप्रमुख महर्जनले खेलकुद विकासका लागि नगरपालिकाले विशेष ध्यान दिएको बताए । पूर्वाधारसहित दक्ष जनशक्ति खेलकुद क्षेत्रको विकास र निर्माणमा आवश्यक बजेट विनियोजन गरेको र आगामी दिनहरुमा पनि युवा तथा खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखी काम गर्ने समेत उनले बताए ।

SKYWELL
Crest

त्यस्तै तारकेश्वर नगरपालिका वडा नं.६ का वडाध्यक्ष घनश्याम श्रेष्ठले आयोजकहरुलाई धन्यवाद व्यक्त गरे । उनले आगामी दिनहरुमा पनि यस्ता प्रतियोगिताहरु निरन्तर गर्नुपर्ने र वडाको सदैव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतियोगिता दुई वर्गमा खेलाइएको थियो । सी वर्गमा क्रमश ः प्रथम हुने टेकप्रसाद, प्रवेश मगरलाई ३० हजार नगद, दोस्रो हुने लोक लामा र कुमार विकलाई १५ हजार नगद तृतीय हुने लक्ष्मण सुनुवार र प्रवीण सुनुवारलाई ५ हजार नगद सहित प्रमाणपत्र, मेडल र ट्रफी वितरण गरिएको थियो । बी वर्गमा प्रथम हुने डेविड थापा मगर, विवेक चौधरीलाई ५० हजार नगद, दोस्रो हुने शशीन डंगोल, सुमन शाक्यलाई ३० हजार नगद, तेस्रो हुने अनिल मल्ल, नरेन्द्र बमलाई १० हजार नगदसहित प्रमाणपत्र मेडल र ट्रफी वितरण गरिएको थियो ।

नेपाल एसबीआई बैंक र राष्ट्रिय वाणिज्य बैंकको प्रमुख प्रायोजनमा र कृषि विकास बैंकको सह प्रायोजनमा प्रतियोगिता आयोजना भएको हो ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS