काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । कम्पनीलाई ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डले भदौ २९ गते स्वीकृति प्रदान गरेको हो ।
विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड छ । कम्पनीले आगामी १० वर्षका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न बोर्डबाट स्वीकृति पाएको हो । कम्पनीले १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।