IME Life

टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक, बजार मुल्य कति ?

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

टाटा मोटर्स प्यासेन्जर भेहिकल द्धार नाडा अटो सो लाई लक्षित गरी बहुप्रतिक्षित तीनवटा गाडीहरु टाटा टियागो इभी र टाटा नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरिएको छ ।

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले टाटाका बहुप्रतिक्षित गाडीहरु टाटा टियागो इभी र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डप स्थित प्रदर्शनी हलमा आजदेखि सुरु भएको १५औ संस्करणको अटो सो “टाटा मोटर्स जेन्युइन आयल नाडा अटो सो २०२३” मा यी उत्पादनहरुको विक्री वितरण शुभारम्भ गरिएको हो ।

Crest
Meta Holidays

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँचवटा मुख्य बिशेषताहरु रहेका छन । जसमा कार्य कुशलता , प्रविधि, विश्वास , चार्जिङ्ग र आरामदायीता रहेका छन । क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत बिशेषताहरु रहेका छन् । यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको छ । यस टियागो इभी सिमित अवधिका लागि सुरुवाती मूल्य रु २१.९९ लाख राखिएको छ भने अन्य भेरिएन्ट हरुको मूल्य यसप्रकार रहेको छ ।यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ । टियागो इभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरु भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ । सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन् । नेक्सन इभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५.९९ लाख राखिएको छ ।

त्यसैगरी, टाटाको “न्यु फरेभ” रेञ्ज अन्तर्गतको टाटा पन्चको चार आधारस्तम्भहरु हुन् आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन । नँया युग सुहाँउदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षाहरुको परिपूर्ति गर्दछ । टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ । टियागो इभीको बजार मूल्य यसप्रकार रहेको छ ।

“नेपालकै प्रख्यात नाडा अटो सोमा भाग लिई टाटाका अत्याधुनिक गाडीहरु नेपाली ग्राहकहरु समक्ष प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित छौ, “टाटा मोटर्सको इन्टरनेशनल विजनेश हेड मयंक वाल्डी भन्छन् । “हरित यातायातको विकासमा निरन्तर नँया/नँया आयामहरू थप्दै गर्ने हाम्रो प्रतिवद्धतालाई टाटा टियागो इभीले प्रतिनिधित्व गर्छ । त्यसैगरी, टाटा पन्चले नेपाली बजारमा हाम्रो “एसयुभी पोर्टफोलियो” लाई थप बलियो एवं बृहत बनाउदै जाने प्रयासलाई दर्शाउछ । यी दुवै गाडीहरुले नेपाली ग्राहकहरुको मन र मस्तिष्कमा अमिट छाप छोड्ने छन् भन्नेमा टाटा पूर्ण आश्वस्त छ, “उनले भने ।
त्यसैगरी सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ बताउँछन्, “टाटा टियागो इभी र टाटा पन्चले टाटा र सिप्रदीको नेपाली ग्राहकवर्गको ड्राइभिङ्ग अनुभवलाई नविन र दिगो ढंगले रुपान्तरण गर्ने साझा प्रतिवद्धताको प्रतिनिधित्व गर्छ । टाटा मोटर्ससँगको सहकार्यमा नेपालको समग्र यातायात क्षेत्रको विद्युतीकरण र यसको हरित भविष्यको लागि योगदान गर्न पाउँदा सिप्रदी खुसी र गौरवान्वित महशुस गर्दछ” । नाडा अटो सो को पहिलो दिनमा टाटाले ग्राहक एवम मिडियाहरुबाट अपेक्षा गरे भन्दा बढी साथ र समर्थन पाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x