काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावरको सञ्चालकमा रूची जोशी नियुक्त भएकी छिन् । कम्पनीको संस्थापक समूहका शेयरधनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको प्रतिनिधिका रुपमा कम्पनीको सञ्चालक पदमा रहदै आएकी सञ्चालक उषा खतिवडाले राजिनामा दिएकी थिइन् ।
उक्त पदमा बुटवल न.पा रुपन्देही स्थायी ठेगाना भएकी रूची जोशीलाई भदौ ६ गतेदेखि लागूहुने गरी नियुक्त गरेको कम्पनीले जनाएको छ ।