काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले व्यतित भएका बीमालेखहरुको नवीकरण गर्दा विलम्ब शुल्कमा भारी छुट दिने भएको छ। कम्पनीबाट प्राप्त सूचना अनुसार यस अघि व्यतित भएका बीमालेखहरू भाद्र १ गतेदेखि असोज १३ गते सम्म सुचारु गरेमा उक्त बीमालेखहरुमा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गरिने कम्पनीले जनाएको छ।
कम्पनीले व्यतित भएका बीमालेखहरुमा ४० प्रतिशत छुट दिइने जनाएको छ। यसरी व्यतित बीमालेख पुर्नजागरण गर्दा बीमालेखमा लाग्ने विलम्ब शुल्कमा अधिकतममा २५ हजार रुपैयाँभन्दा बढी छुट नहुने पनि कम्पनीले जनाएको छ।
अधिकतम बीमितहरुले व्यतित भएका बीमालेखमा बिलम्ब शुल्क छुट सुविधाका लागि अनुरोध गरेको तथ्यलाई मध्यनजर गर्दै कम्पनीले छुटको प्रकिया अगाडि सारेको जनाएको छ।
यस योजनामा समावेश भई बीमालेखहरु पुनर्जागरण गर्दा एकातर्फ सुलभ दरमा बीमा सुचारु भई कम्पनीप्रति बीमितको विश्वास बढ्न जाने र अर्को तर्फ बीमितको जोखिमको पनि रक्षावरण हुने कम्पनीले जनाएको छ ।
यस अवसरको सदुपयोग गरी आफ्नो बीमालेख समयमै सक्रिय बनाई ढुक्क रहन कम्पनीले आग्रह गरेको छ ।