काठमाडौं । हालै संचालमा आएका नयाँ दुई लघु जीवन बीमाले शुरुवाती महिनामै कुल २ लाख ५ हजार प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले १ लाखमाथि बीमा शुल्क आर्जन गरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस कम्पनीले १२७ वटा बीमा लेख विक्री गरी १ लाख ४१ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
यस कम्पनीले असार २२ गते कोशी प्रदेशको विराटनगर ७ मोरङमा केन्द्रिय कार्यालय विस्तार गरी व्यवसाय संचालन गर्दै आइरहेको छ । यो नेपालकै पहिलो लघुबीमा कम्पनी हो ।
यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले ६४ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरको छ । यस कम्पनीले ९२ वटा बीमा पोलिसी विक्री गरी उक्त बीमा शुल्क आर्जन गर्न सफल भएको हो । कम्पनीले गत साउन १० गतेदेखि कणाली प्रदेशको विरेन्द्रनगर केन्द्रीय कार्यालय विस्तार गरी व्यवसाय गर्दै आइरहेको छ ।
नेपाल बीमा प्राधिरणले जीवन बीमालेखको वास्तविक आवश्यकता भएका न्यून आयका गरीब, तल्लो तह, पिछडिएका वर्ग र समुदाय तथा परम्परागत बीमा कम्पनीमा समेटिन नसकेका वर्गलाई लघु जीवन बीमा सुबिधा उपलब्ध गराउनका लागि लघु जीवन बीमालाई लाइसेन्स प्रदान गरेको हो ।