काठमाडौं । कारोबार शुरू भएको दोश्रो दिन नै आइएमई लाइफको कारोबारमा चहलपहल देखिन थालेको छ । आइतवार माथिल्लो रेञ्जबाट कारोबार खुलेकोमा आज सोमवार भने कम्पनीको सर्वाधिक रकमको कारोबार भएको छ । सोमवार कम्पनीको बजार मूल्य ५ दशमलव ६५ प्रतिशतले वृद्धि हुँदै ६१५ दशमलव ३० मा बन्द भएको छ ।
सोमवारको फ्लोरसिट हेर्दा ब्रोकर नम्बर ४२ बाट सर्वाधिक खरिद भएको छ । ब्रोकर नम्बर ४२ बाट कम्पनीको १० करोड ६८ लाख बराबरको खरिद हुँदा दोश्रोमा ब्रोकर नम्बर ३८ बाट ४ करोड २२ लाख बराबरको खरिद भएको छ।
त्यस्तै विक्री तर्फ ४९ नम्बर ब्रोकरबाट ४ करोड ७ लाख र दोश्रोमा ५८ नम्बर ब्रोकरबाट ३ करोड ६४ लाखको शेयर विक्री भएको छ ।