काठमाडौं । हिजो ३८ अंकले घटेको बजारमा आज भने सामान्य गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव २१ अंकले घटेर २,०४८ दशमलव २६ को विन्दुमा कायम भएको छ । आज ११६ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय कम्पनीको शेयर मुल्य घटेको छ ।
आज २६७ कम्पनीको ६६ लाख ४७ हजार १४३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । कम्पनीको ४३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ६१५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज नेपाल रिपब्लिक मिडियाको ८ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ७ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ६ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले ९ दशमलव ९९ प्रशिततका दरले कमाएका छन् । गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् । स्वाभिमान लघुवित्तका लगानीकर्ताले ८ दशमलव १६ प्रशिततका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै छ्याङदी हाइड्रोपावर कम्पनीक ालगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ४६ प्रतिशतका दरले गुमाएका हुन् । पिपुल्स पावर कम्पनीका लगानीकर्ताले ४ प्रशिततका दरले गुमाएका छन् ।