काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र तिलोत्तमा, रुपन्देही स्थित क्रिमसन अस्पताल प्रा.लि.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरेको हो ।
उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले क्रिमसन अस्पतालमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास लिईएको बैंकले उल्लेख गरेको छ ।
हालसम्म बैंकले १८८ वटा शाखा, १४७ वटा ए।टि।एम। ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।