काठमाडौं । आज नेप्से परिसूचक ३ अंकले बढेर २,०८९ को विन्दुमा कायम भएको छ । आज ७६ कम्पनीको शेयर मुल्य बढेको छ भने १३० कम्पनीको शेयर मुल्य घटेको छ । आज१ अर्ब ७८ करोड १९ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावर कम्पनीको ५ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आइसीएफसी फाइनान्सको ५ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्रोग्रेशिभ फाइनान्स कम्पनीको पनि ५ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।