काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले हकप्रद शेयर निष्काशनका लागि विद्युत नियमन आयोगबाट स्वीकृत पाएको छ । आयोगको साउन १५ गते बसेको संचालक समतिको बैठकले लिबर्टी इनर्जीलाई हकप्रद शेयर निष्काशनका लागि स्वीकृति प्रदान गरेको हो ।
कम्पनीले चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद ल्याउने अनुमति पाएको छ। अब कम्पनीले हकप्रद शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिनेछ । त्यसपछि बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद शेयर निष्काशनको मिति तय गर्नेछ ।