काठमाडाैं । एलआइसी नेपालका सञ्चालक र उच्च पदस्थ कर्मचारीले बैठक भत्ता र तलबभत्ता लगायतकाे सुविधा वापत ३ कराेड २० लाख रुपैयाँ भुक्तानी लिएका छन् । बीमकले सार्वजनिक गरेकाे आर्थिक वर्ष २०७७।७८ काे वार्षिक प्रतिवेदन अनुसार सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन तहका कर्मचारीले कूल ३ कराेड २० लाख १९ हजार रुपैयाँ भुक्तानी लिएका हुन् ।
आव २०७७।७८ मा वितरित भत्तामध्ये ३ लाख १८ हजार रुपैयाँ भुक्तानी भारतीय सञ्चालकले लिएका छन् । यसैगरी तत्कालीन प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले सञ्चालक समितिकाे बैठक भत्ता बाहेक १ कराेड ६१ हजार रुपैयाँ भुक्तानी लिएका छन ।