काठमाडौं । नेप्सेमा दुई कम्पनीको हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । नेप्सेले सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५० प्रतिशत हकप्रद शेयरपछि २०३ रूपैयाँ ३३ पैसा मूल्य कायम गरेको छ । कम्पनीको आज अन्तिम कारोबार मूल्य २५५ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।
त्यस्तै, मल्टिपर्पज फाइनान्सको ३५ प्रतिशत हकप्रदपछि शेयर मुल्य समायोजन गरेको हो । कम्पनकिो समायोजनपछि ३१८ रुपैयाँ ३७ पैसा कायम भएको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबर मूल्य ३९४ रुपैयाँ ८० पैसाको आधारमा मूल्य समायोजन गरेको हो ।