GBIME
IME Life

एलआइसी नेपालको २०औं वार्षिक साधारण सभा हुने समय परिवर्तन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले साउन १७ गते बोलाएको २०औं वार्षिक साधारण सभा हुने समय परिवर्तन गरेको छ ।  यस अघि अपरान्ह ४ बजे सभा गर्ने निर्णय गरेकोमा विशेष कारणबस उक्त सभा अब अपरान्ह १२ बजेर १५ मिनेटमा गर्ने कम्पनीले जनाएको छ । उक्त सभा लिसारा रिसेप्सन भगवली बहाल नक्साल, काठमाडौंमा हुने कम्पनीले बताएको छ ।

सभाले संचालक समितिको वार्षिक प्रतिवेदन २०७७ /७८ प्रस्तुत गरी अनुमोदन गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७७ /७८ को नाफा, नोक्सान हिसाब नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

SKYWELL
Crest

सभाले लेखारीक्षक नियुक्ती गर्ने, नीजको पारीश्रमिक निर्धारण गर्ने,संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकहरुको नियुक्तिलाई अनुमोदन गर्ने, हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारणको हिस्सा ७०ः३० बाट परिवर्तन गरी ६५ः३५ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थका लागि भोलि साउन ९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यस अनुसार आज साउन ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS