काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख धितो कर्जामा लिदै आएको ब्याजदर परिवर्तन गरेको छ। कम्पनीका अनुसार जारी बीमालेखहरुमा बीमालेख धितो वापत दिइने कर्जाको ब्याजमा साउन १ गतेदेखि लागु हुनेगरी १० प्रतिशत ब्याजदर कायम गरिएको जनाएको छ ।
बीमितले बीमा कम्पनीबाट सस्तो व्याजदरमा बीमालेख धितोकर्जा लिएर बैंकमा जम्मा गर्न थाले पछि कम्पनीहरुले पहिला व्याजदर बढाएका थिए। बाणिज्य बैंकहरुले नै मुद्दती निक्षेपमा १४/१५ प्रतिशत व्याज दिन थाले पछि बैंकहरुले पनि प्रचलित व्याजदरलाई समायोजन गर्न बढाएका थिए । हाल बैंकहरुले प्रदान गर्ने ब्याजदर घटे संगै बीमा कम्पनीहरुले पनि बीमा लेख धितो कर्जामा लिदै आएको ब्याजदर घटाएका हुन्।