IME Life

एकल बीमा शुल्कको कमिशन एकैपटक नपाइने, यस्तो छ बीमा अभिकर्ताले पाउने कमिशनको नयाँ व्यवस्था

SPIL
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०८० को मस्यौदामा अभिकर्ताहरुले प्राप्त गर्ने कमिशनमा व्यापक परिवर्तन गरेको छ । एकल बीमा शुल्कमा देखिएको विकृतिलाई अन्त्य गर्ने गरी कानुन बनाएको छ ।

प्राधिकरणले एकल बीमा शुल्कको बीमालेखमा ६ प्रतिशतसम्म कमिशन प्राप्त गर्ने व्यवस्थालाई निरन्तरता दिएको छ । तर यस्तो कमिशनलाई ५ वर्षको अवधिमा विभाजन गरेर मात्रै वितरण गर्नु पर्नेछ । नियमावलीमा भनिएको छ ‘बीमालेख जारी भएको पहिलो ५ वर्षमा समानुपातिक रुपमा भुक्तानी पाउने गरी बीमाशुल्कको ६ प्रतिशतसम्म’ वितरण गर्न पाइनेछ ।

Crest
Meta Holidays

अव टार्गेट पुरा गर्न एकल बीमा शुल्क प्राप्त हुने पोलिसी जारी गर्ने प्रथाको पनि अन्त्य हुने भएको छ । अव कुनै पनि अभिकर्ताले टार्गेट पुरा गर्ने उद्देश्यले यस्तो पोलिसी जारी गर्ने र एक वर्ष भित्रै सरेण्डर गर्ने अभ्यासलाई पनि निरुत्साहित बनाउनेछ । यो नियमावलीको मस्यौदा भएको हुँदा यसमा अभिकर्ता लगायत शक्तिशाली वर्गले संशोधन गराउने प्रयास गरेनन् भने मात्रै लागु हुनेछ ।

त्यस्तै म्यादी जीवन बीमालेखमा पनि जुनसुकै अवधिको बीमालेख जारी भए पनि बीमा शुल्कको १० प्रतिशत भन्दा बढी कमिशन दिन नपाउने व्यवस्था गरिने भएको छ । सावधिक र आजीवन जीवन बीमाको लागि छुट्टै व्यवस्था गरिएको छ । ५ वर्षदेखि ६ वर्ष अवधिको बीमालेख जारी गरिएको छ भने पहिलो वर्ष अभिकर्ताले १० प्रतिशत र दोस्रो र तेस्रो वर्षपछि ५ प्रतिशतका दरले कमिशन प्राप्त गर्नेछन् ।

त्यस्तै ८ वर्षदेखि ९ वर्ष अवधिसम्मको बीमालेखको हकमा पहिलो वर्ष १०, दोस्रो वर्ष १० र तेस्रोदेखि बाँकी अवधिका लागि ५ प्रतिशतका दरले कमिशन दिन पाउने प्रस्ताव छ । १० वर्षदेखि १४ वर्ष अवधिसम्मको बीमालेखका हकमा पहिलो वर्ष १५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत र १० वर्षसम्म ५ प्रतिशतका दरले कमिशन दिन पाउने व्यवस्थाको प्रस्ताव गरिएको छ ।

१५ वर्षदेखि १९ वर्ष अवधिको जीवन बीमालेख बिक्री गराएमा पहिलो वर्ष २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत र १० वर्ष अवधिसम्मका लागि हरेक वर्ष ५ प्रतिशतका दरले कमिशन दिन पाउने व्यवस्था गरिएको छ । त्यस्तै २० वा सो भन्दा बढी अवधिको जीवन बीमालेख जारी गराएमा पहिलो र दोस्रो वर्ष २५/२५ प्रतिशतका दरले र बाँकी १० वर्षअवधिसम्मका लागि प्रत्येक वर्ष ५ प्रतिशतका दरले कमिशन दिन पाउने व्यवस्थाको प्रस्ताव गरिएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

25%

दु :खी

25%

अचम्मित

10%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x