काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदका भारी संख्यामा कर्मचारी माग गरेको छ । बैंकले १२ पदका लागि १७९ जना कर्मचारी माग गरेको हो । बैंकले सहायक र अधिकृत पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको हो । बैंकले खुलातर्फ ९२ जना, महिला २८ जना, आज।ज २७ जना, मधेसी १७ जना, दलित ९ जना, अपाङग २ जना माग गरेको हो । ईच्च्छुक नागरिकले आज जेठ १९ गतेदेखि असार ७ गतेभित्र आवेदन दिनुपर्नेछ । उक्त पदका लागि न्युनतम १२ पासदेखि स्नातकोत्तर गरेको हुनुपर्नेछ । उक्त पदहरुमा दोब्बर दस्तुर तिरी असार ८ गतेदेखि असरा १४ गतेसम्म् आवेदन दिन सकिनेछ ।
कृषि विकास बैंकले माग्यो १२ पदका लागि कर्मचारी, कहिलेसम्म दिन पाइन्छ दरखास्त ?

