SKIP THIS

Sun Securities
IME Life

बिर्तामोडमा हिमालयन लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

बिर्तामोड । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले झापाको बिर्तामोडमा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बिर्तामोडस्थित सिटी सेन्टरमा हिमालयनले अभिकर्तासँग भेटघाटका साथै  प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

नेपाल मै पहिलो पटक तीनवटा कम्पनीहरु यूनियन, गुराँस र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएर बनेको हिमालयन लाइफले बजारीकरणलाई तीब्रता दिएको छ । केहि दिन अघिमात्रै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले झापाका अगुवा अभिकर्ताहरुलाई भेटेका थिए । त्यसको एक हप्ता नबित्दै शुक्रबार कम्पनीका डेपुटी जनरल म्यानेजर तथा मार्केटिङ हेड माधव शर्माको उपस्थितीमा बिर्तामोडमा वृहत कार्यक्रम सम्पन्न भएको हो ।

Crest
Meta Holidays

कार्यक्रममा मार्केटिङ हेड शर्माले सफल अभिकर्ताका अवसर र चुनौतीका बिषयमा सहजीकरण गरेका थिए । तीन वटा कम्पनी एक आपसमा गाभिएसँगै कम्पनी ठूलो बनेकाले अधिकृत पूँजी धेरै हुनुका साथै बिमितका लागि प्रशस्त जीवन बीमा योजना भएको बताए । सबै सूचकमा हिमालयन चाँडै नेपालकै नम्बर वान कम्पनी बन्नेमा कुनै शंका नभएको भन्दै शर्माले अभिकर्ताहरुलाई निर्धक्क भएका काम गर्न आग्रह गरे ।

कोशी प्रदेश प्रमुख भुपराज पराजुलीको संयोजकत्वमा भएको कार्यक्रममा सहभागीहरुलाई बिर्तामोड शाखा प्रमुख बद्री भण्डारीले स्वागत गरेका थिए । अभिकर्ताहरुको तर्फबाट एजेन्सी मेनेजर तथा एमडीआरटी पुष्प खड्काले अनुभूति मन्तव्य राखेका थिए ।

प्रदेश उपप्रमुख भोलाकृष्ण (नविन) मिश्रले सञ्चालन गरेको कार्यक्रममा दुई सय बढी अभिकर्ता तथा कर्मचारीहरु उपस्थित थिए ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x