IME Life

नेपाली बजारमा रियलमीको नयाँ दुईवटा स्मार्टफोन सार्वजनिक, कुनको कति पर्छ ?

SPIL
Sanima Reliance

काठमाडौं । रियलमीले नयाँ पुस्ता अर्थात जेन–जिलाई लक्षित गरेर नेपालमा आफ्ना नयाँ दुईवटा स्मार्टफोन सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रममा आयोजना गरेर नार्जो एन ५५ र नार्जो एन ५३ सार्वजनिक गरिएको हो । कम्पनीका अनुसार एन सिरिजले विविधता, नयाँपन र असिमित सम्भावनाहरु जनाउँछ । कटिङ एज फिचरहरु, स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सयुक्त यी फोनहरुले नेपाली नयाँ पुस्ताको मन जित्ने कम्पनीको दाबी छ ।

स्मार्टफोन सार्वजनिक गर्दै रियलमीका कन्ट्री हेड मुनिष गिरीले रियलमी नार्जो एन ५५ र एन ५३ संगै नेपालमा स्मार्टफोनको नयाँ लाइनअप ल्याएको बताए । नार्जो एन ५३ रियलमीको अहिले सम्मकै सबैभन्दा स्लिम एन्ट्री लेभल अल राउन्डर रहेको उनको दाबी छ । ‘यो फोन जति स्लिम छ त्यति नै शक्तिशाली पनि छ । अर्कातर्फ रियलमी नार्जो एन ५५ ले नेक्स्ट जेन पावरहाउसको रूपमा स्मार्टफोन अनुभवलाई अन्त शानदार बनाउँछ’, उनले भने ।

Crest
Meta Holidays

६ ७४ इन्चको मिनी डुप फुल स्क्रिन र ९०३५ को स्किन टु–बड़ी रेसियो भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्स्पिरियन्स प्रदान गर्दछ । यो डिस्प्लेमा ९० हर्जको रिफ्रेस रेटः र फुलएचडि प्लस रेजोलुसन रहेको छ । जुन यो मुल्यमा उपलब्ध मोडलहरु मध्य सबैभन्दा धेरै हो । यो फोन फुल चार्ज हुन जम्मा ८८ मिनेट र आधा चार्ज हुन जम्मा ३१ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

यी दुबै फोनहरु देशभर अनलाइन र आधिकारिक बिक्रेता मार्फत उपलब्ध छन् । यी फोनको मूल्य १५ हजार ९ सय ९९ रुपैयाँदेखि २४ हजार चार सय ९९ रुपैयाँसम्म रहेको जनाइएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x