IME Life

किताबी मूल्यमा नै पाईन थाल्यो वाणिज्य बैंकको शेयर ? (सूची सहित )

SPIL
Sanima Reliance

काठमाडौं ।  शेयर बजार घट्दा केही वाणिज्य बैंकहरुको बजार मूल्य प्रति शेयर नेट्वर्थ ( किताबी मूल्य ) को नजिकै आउँन थालेको छ । किताबी मूल्यले कम्पनीको वास्तविक मूल्य देखाउँछ । यसलाई बुक भ्यालु अथवा प्रति शेयर नेटवर्थ भनिन्छ।  कम्पनी बन्द हुँदा शेयरधनीले पाउने प्रति शेयर मूल्य भनेर पनि चिनिन्छ । कम्पनीको सम्पत्तिमा दायित्त्व घटाएर आउने मूल्य भनेको किताबी मूल्य हो ।

नेप्सेमा हाल २० वाणिज्य बैंकहरूको शेयर कारोबार हुने गरेको छ । २० वाणिज्य बैंकमध्ये सनराइज बैंकको बजार मूल्य र किताबी मूल्य उस्तै छ । सनराइज बैंकको किताबी मूल्य १७५ रुपैयाँ १४ पैसा हुँदा कम्पनीको विहिवारको बजार मूल्य १७५ रुपैयाँ ५० पैसा रहेको छ । कम्पनीको पीबी रेशियो १ गुणा रहेको छ । पीबी अनुपातले कम्पनीको किताबी मूल्य भन्दा बजार मूल्य कति गुणा धेरै छ भनेर देखाउँछ ।

Crest
Meta Holidays

त्यस्तै नेपाल बैंकको किताबी मूल्य २४१ रुपैयाँ ९७ पैसा हुँदा कम्पनीको विहीवारको बजार मूल्य २५२ रुपैयाँ छ । कम्पनीको पीबी रेशियो  १ दशमलव ०४ गुणा छ । तेश्रोमा  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको किताबी मूल्य १६६ रुपैयाँ ८८ पैसा हुँदा कम्पनीको विहीवारको बजार मूल्य १७७ रुपैयाँ छ । कम्पनीको पीबी रेशियो  १ दशमलव ०६ गुणा छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

22%

खुसी

11%

दु :खी

56%

अचम्मित

11%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x