IME Life

मन्त्रीको सिफारिमा मात्र अस्पतालमा बेड पाउने परम्परालाई तोड्छौंः मन्त्री बस्नेत

SPIL
Sanima Reliance

काठमाडौं । अस्पतालहरुले १० प्रतिशत निशुल्क रुपमा प्रदान गर्नुपर्ने सेवा प्रदान गरेको वा नगरेको बारे आफूले अस्पतालमै गएर हेर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बताए । उनका अनुसारआर्थिक अवस्था कमजोर भएका विरामीको अवस्था हेरेर १० प्रतिशत निशुल्क उपचार गर्नुपर्ने व्यवस्था रहेको छ । अस्पतालहरुले संस्था सञ्चालनको स्वीकृति लिदा सरकारले १० प्रतिशत निशुल्क उपचार गर्ने प्रावधान रहेको छ । तर व्यवहारमा त्यो लागू नभएको र आफूले पनि यसबारे सुन्दै आएको बताए ।

यसै विषयलाई लिएर यो सेवा सुविधा विपन्नले पाए कि पाएनन् ? १० प्रतिशत सेवा लागू भयो कि भएन त्यसबारे आफूले हेर्ने मन्त्री बस्नेतको भनाई छ । यसका साथै बार्षिक प्रतिवेदन समेत माग गरेर हेर्ने उनको भनाई छ । कुन अस्पतालले सेवा दियो दिएन वा तोकिएको भन्दा धेरै सेवा दिएको असपताललाई सोहि अनुरुप हेर्ने उनले बताए । यसै विषयलाई लिएर मन्त्रीको टोली गंगालाय हृदय केन्द्रमा पुगेका थिए । यसका साथै मन्त्रीको टोलि निजि अस्पतालमा पुग्ने मन्त्री बस्नेतले बताए ।

Crest
Meta Holidays

जुनजुन अस्पतालले यो सेवा उपलब्ध गराएको छैन त्यो सेवा जनतालाई दिलाएरै छोड्ने उनले बताए । लाइसेन्स लिने समयमा व्यवस्था गरेको कुरालाई स्वीकार गरिएको छ, त्यो भएको छैन भने त्यसलाई व्यवस्थित गरिने उनले बताए । अबको दिनमा आर्थिक अवस्था कमजोर भएका विरामीले बेड नपाएर भौतारिनुपर्ने वा ठूला हाकिम, मन्त्रीले सिफारिस गर्दा बेड पाउने नभए बेड नपाउने परम्परालाई तोड्ने उनले बताए । साथै अस्पतालहरुले आफूले प्रदान गरेको सेवाबारे वेवसाइटमा राखेको बिबरण झूटो भएको पाइएमा उक्त अस्पतालहरुलाई कारबाही गर्ने उनले बताए ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x