SKIP THIS

Sun Securities
IME Life

मनिव्याक पोलिसीमा छैन आकर्षण, बीमित र कम्पनी दुबैलाई घाटा

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । मनिव्याक पोलिसीमा आकर्षण देखिन छाडेको छ । कुनै समय मनि व्याक पोलिसीबाटै टार्गेट पुरा गर्ने बीमा कम्पनीहरु अहिले मनि व्याक पोलिसीलाई खासै ध्यान दिदैनन् । अधिकाम्स बीमा कम्पनीहरुको मनिव्याक पोलिसी नोक्सानमा छन् ।

मनिव्याक पोलिसी बीमाको सिद्धान्त विपरित मानिन्छ । तर बीमा कम्पनीहरुले बीमितलाई आकर्षण गर्न मनि व्याक पोलिसी बिक्री गर्ने गरेको पाइन्छ । पहिलो पटक प्रिमियम भुक्तानी गरे पछि दोस्रो वर्षदेखि निश्चित रकम फिर्ता पाइने र थोरै रकम थपे पछि नविकरण हुने भएकाले पनि बीमितहरुले यसलाई रोज्ने गरेका थिए ।

Crest
Meta Holidays

तर कम्पनीलाई यस्तो पोलिसीबाट फाइदा हुँदैन । कम्पनीलाई फाइदा नहुने वित्तीकै बीमितले पाउने बोनसदर एकदमै न्युन हुन्छ । जति कम बोनसदर हुन्छ त्यसबाट बीमितले पाउने प्रतिफल पनि कम हुन्छ । भोलिका दिनमा बीमा गरेर दोब्बर हुन्छ भन्ने आशामा बीमा गरेकाहरुका लागि यसले सबैभन्दा नराम्रो सन्देश प्रवाह गर्छ । कतिपय अवस्थामा पोलिसी परिपक्व पश्चात बीमाङ्क रकम बराबर पनि दाबी पाउन मुस्किल छ ।

विगत एक वर्षको अवधिमा बीमा कम्पनीहरुबाट जारि भएको मनिव्याक पोलिसीको अनुपात हेर्यो भने घट्दो क्रममा छ । गएको बैशाख महिनाको तुलनामा यस वर्षमा मनिव्याक पोलिसीमा २ प्रतिशतले गिरावट देखिन्छ ।

चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ४३ अर्ब ३१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा ४४ अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । कम्पनीले बैशाख महिनासम्ममा १३ खर्ब ८८ अर्ब रुपैयाँ बीमा शुल्क बर्जन गरेका छन् । जसमा मनि व्याक पोलिसीको हिस्सा ३.१२ प्रतिशत रहेको छ ।

पोलिसीमा चरम घाटा हुँदा पनि कम्पनीहरुले मनि व्याक पोलिसी बिक्री गर्न भने छाडेका छैनन् । गत वैशाख महिनादेखि यस वर्षको बैशाख महिनाको अवधिमा हरेक महिनामा मनि व्याकको पोलिसी ३ प्रतिशत भन्दा माथि नै छ । अनुपातमा माथि देखिए पनि बृद्धिदर भने कम छ ।

पोलिसी नै लस हुँदा पनि बीमा प्राधिकरणले कम्पनीहरुलाई खासै निर्देशन दिन सकेको छैन । प्राधिकरणका अनुसार बीमा पोलिसी स्वीकृतिका क्रममा गराएको एक्चुरियल मूल्याङ्कन अनुसारको प्राइसिङमा खासै गडवडी छैन । तर कम्पनीहरुले दिने अभिकर्ता कमिशन तथा इन्सेन्टिभका कारण यो पोलिसीमा नोक्सानी देखिएको प्राधिकरणको भनाइ छ ।

प्राइसिङका क्रममा तय गरिएका मानकहरु व्यवहारिक रुपमा नमिल्न सक्छन् । एकदमै थोरै मार्जिनमा पोलिसी प्राइसिङ हुने भएकाले पनि यसमा समस्या देखिएको हो । बीमितहरुले पनि नबुझी यस्तो पोलिसी खरिद गर्दा पछुताउने गरेका छन् ।

तर जोखिम मात्रै बहन गर्ने हिसावले यस्तो पोलिसी खरिद गर्ने धेरै छन् । आफु सँगै धेरै पैसा नहुने तर करको छुट लिन चाहनेले भने यस्तो पोलिसी खरिद गर्ने गरेका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%

खुसी

50%

दु :खी

13%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x