IME Life

पूँजी बजार मारा कर नीति बिरुद्धको आन्दोलन कार्यक्रम, विभागको सूचनाको भ्रममा नपर्न आह्वान

SPIL
NIC ASIA

काठमाडौं । पूँजी बजारका आम लगानीकर्ताहरुको बिहीबार कमलपोखरीमा भएको भेलाले सरकारले नयाँ बजेट मार्फत ल्याएको पूँजी बजारमारा कर नीति बिरुद्ध आन्दोलनको कार्यक्रम तय गरेको छ ।

सरकारले बजेट मार्फत ल्याएको पूँजी बजारमारा कर नीति फिर्ता गरी सेयर बजारमा अल्पकालीन र दीर्घकालीन दुई तहको मात्र पूँजीगत लाभकरको ब्यवस्था हुनुपर्ने र त्यसलाई अन्तिम करको रुपमा बजेट बक्तब्य र आर्थिक बिधेयकमा स्पष्ट रुपमा परिभाषित गरिनुपर्ने माग भेलाले एकमतले अघि सारेको छ ।

Prabhu
Crest

लगानीकर्ताले आन्दोलनको कार्यक्रमबारे अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र स्टक ब्रोकर एशोसियशनको कार्यालयमा पत्र दर्ता गरी अग्रिम जानकारी गराई सकेका छन् ।

यस माग पुरा गराउन दबाब दिन लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेन्ज र सेयर दलालहरुको कारोबार प्रणाली बन्द गर्ने जनाएका छन् । नेप्से र दलालहरुको कार्यालयमा हामी लगानीकर्ताहरु पुगी बन्द गराईएको कारोबार प्रणाली हाम्रो माग पुरा नभएसम्म नखोल्ने चेतावनी दिएका छन् ।

आईतबार बिहान १० बजे हरेक सेयर दलालको कार्यालयमा लगानीकर्ताहरुको अलग अलग विशेष टोलीले निगरानी गरी आन्दोलनको कार्यक्रमलाई सशक्त रुपमा अगाडि बढाउने भएका छन् । यसमा कतैबाट अवरोध भएमा उत्पन्न परिस्थितिको जिम्मेवार अवरोध गर्ने पक्ष नै हुनुपर्ने भएकाले त्यस्तो परिस्थिति उत्पन्न हुन नदिन त्यस अगावै आन्दोलनको पक्षमा आफ्नो अभिमत जाहेर गरी टीएमएस बन्द अभियान सफल पार्न सम्बन्धित पक्षला उनिहरुले आग्रह गरेका छन् । साथै काठमाडौ बाहिरका लगानीकर्ताहरुलाई आफ्नो जिल्लामा रहेका ब्रोकर कार्यालयहरु बन्द गर्न गराउन भुमिका खेल्न आब्हान गरिएको छ ।

उनिहरुले माईतीघरमा शुक्रवार विहान ११ बजे लगानीकर्ताहरुको भेला पश्चात आन्दोलनको थप तयारी गर्ने भएका छन् । लगानीकर्ताहरुले आईतबार विहान अर्थमन्त्री डा. प्रकाशरण महतको निवासमा विहान ७ बजे सयौं लगानीकर्ताहरु पुष्पगुच्छासहित उपस्थित भएर पूँजी बजारमारा सरकारी कर नीति फिर्ता गर्न दबाब सिर्जना गर्ने भएका छन् ।

घोषित आन्दोलनका कार्यक्रम र कर नीतिसम्बन्धी सरकारको कुनै पनि निकायसँग वार्ता र छलफल भएको छैन र कसैलाई पनि प्रतिनिधिको रुपमा नखटाईएको उनिहरुले जनाएका छन् । यदि कसैले आफुलाई सेयर लगानीकर्ताको प्रतिनिधि हुँ भनी कुनै सहमति र सम्झौता गरेमा त्यो अस्विकार्य हुने उनिहरुको निर्णय छ । बजेट बक्तब्य र आर्थिक विधेयकमा उल्लेख भई संसदको सम्पति भईसकेको बिषय सरकारको कुनै निकायले बक्तब्य जारी गरी काट्न सक्दैन भन्ने तथ्य स्पष्ट छ । यस्ता कुराको भ्रममा नपर्न उनिहरुले सबैलाई आब्हान समेत गरेका छन् ।

यो आन्दोलन पूँजी बजारका सम्बद्ध निकायहरु धितोपत्र बोर्ड, नेप्से, सीडीएससी, सेयर दलालहरु, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी र आम लगानीकर्ताहरु सबैको साझा आन्दोलन भएकोले सबैलाई सक्रिय सहभागिता जनाउन र माग पुरा नभएसम्म डटिरहन आब्हान गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS