IME Life

नबिल बैंकले सञ्चालनमा ल्यायो एकैपटक ३८ वटा नयाँ शाखा

SPIL
NIC ASIA

काठमाडौं। नबिल बैंकले एकैपटक ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो स्थापनाको ३८ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालयमा एक विशेष कार्यक्रमका बीच देशैभर ३८ वटा नयाँ शाखाविस्तार गरेको हो ।

‘नबिल बैंक अब तपाईसँग अझै नजिक’भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ वटा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ भने कर्णाली प्रदेशमा एउटा शाखा सञ्चालनमा ल्याएको हो । यस्तै, कोशी प्रदेशमा १, मधेश प्रदेशमा ८, गण्डकी प्रदेशमा ३, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा २ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बिहीबार नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले ८ वटा र बैंकका सञ्चालक निर्वाण चौधरीले ८ वटा शाखाहरु उद्घाटन गरेका छन् । त्यस्तै, गरी बैंकका संचालक आशा राणा अधिकारीले थप ८ वटा र बैंक संचालक अनन्त पौड्याल र प्रविन टिबडेवालाले थप ७/७ वटा शाखाको उद्घाटन गरे ।

३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ । साथै, बैंकले थप १० वटा शाखा कार्यालय सञ्चालनका लागि द्रूत गतिमा काम अघि बढाएको बैंकले जनाएको छ । बैंकका अनुसार यो वर्षको अन्तसम्म २६५ वटा शाखा पुर्याउने लक्ष्य रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS