IME Life

नियमित व्यवसायिक शेयर कारोबार गर्ने बाहेकका लागि पूँजीगत लाभकर अन्तिम कर हुने

SPIL
Sanima Reliance

काठमाडौं । पटके रुपमा लगानी गरेका लगानीकर्ताको पूँजीगत लाभकरमा कुनै फेरबदल नभएको आन्तरिक राजश्व विभागले प्रष्ट पारेको छ । नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेका धितोपत्र विक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानुनी व्यवस्था रहेको विभागले जनाएको छ ।

यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम हुने कानुनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यवस्था सम्बन्धी लगानीकर्ता एवं सर्वसाधारणको जानकारी लागि सूचना नै जारी गरिएको छ ।

Crest
Meta Holidays

आर्थिक विधेयक २०८० को दफा २९ बमोजिम धितोपत्र नियमित व्यवासायिक कारोबार गर्ने प्रकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका सम्बन्धमा शेयर बजारमा लगानी गर्ने लगानीकर्तामा अन्योलता बढ्दै आएको थियो । यस विषयलाई लिएर हिजो नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ र नेपाल पूँजीबर लगानीकर्ता संघले संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै यस व्यवस्थालाई हटाउन अनुरोध गरेका थिए । यदि यो व्यवस्था रहिरहेमा आन्दोलनको चेतावनी समेत दिएका थिए ।

आन्तरिक राजश्व विभाले जारी गरेको सूचनामा नियमित व्यवसाय र पटके व्यवसायका रुपमा लगानीकर्तालाई वर्गिकरण गर्न खोजिएको देखिन्छ । तर कस्तो लगानीकर्तालाई नियमित भन्ने र कस्तो लगानीकर्तालाई पटके लगानीकर्ता भन्ने अन्योलता कायमै छ ।

सूचनामा भनिए अनुसार आम सर्वसाधारण जसले व्यक्तिगत रुपमा कहिले काहि शेयर कारोबार गर्छन् उनिहरुलाई ५ प्रतिशत र ७.५ प्रतिशत अन्तिम कर रहेको विषयलाई भने प्रष्ट पारिएको छ । विभागले भने अनुसार जसले शेयर बजारलाई नै आधार मानेर नियमित कारोबार गर्दै आएका छन् उनिहरुले भने मुनाफामा थप ३० प्रतिशत कर तिर्नु पर्ने देखिएको छ । यसै व्यवस्था बमोजिम सरकारले गएका तीन आर्थिक वर्षमा सम्बन्धित लगानीकर्तालाई आफुले यस व्यवस्था अनुसार भुक्तानी गर्नु पर्ने करको ५० प्रतिशत भुक्तानी गर्न निर्देशन दिइएको छ । तर यस विषयमा लगानीकर्ताहरु प्रष्ट हुने सकेका छैनन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%

खुसी

0%

दु :खी

33%

अचम्मित

11%

उत्साहित

44%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x