IME Life

सबै अस्पतालमा निशुल्क १० प्रतिशत शैय्या छुटाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

SPIL
Sanima Reliance

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालमा निशुल्क शैय्या छुटाउन निर्देशन दिएको छ । संस्था संचालन सम्बन्धी मापदण्ड अनुसार १० प्रतिशत शैय्या निशुल्क उपचारको लागि छुटाउन मन्त्रालयले सबै सरकारी, निजी तथा सामुदायिक अस्पतालहरुलाई निर्देशन दिएको हो ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले १० प्रतिशत निशुल्क शैय्या नछुटाउने ६८ अस्पताललाई शैय्या छुटाउन अल्टिमेटम दिएका थिए । साथै उक्त स्वास्थ्य संस्थालाई कानुनको परिधिभित्र ल्याउन स्वास्थ्य मन्त्रीसमक्ष अनुरोध गरेका थिए । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य संसथा संचालन सम्बन्धि मापदण्ड, २०७७ दफा ७० घ मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, वेबारिसे विरामीका लागि कुल शैय्याको १० प्रतिशत छुटाउनुपर्ने व्यवस्था रहेको भन्दै उक्त निर्देशन जारी गरेको हो ।

Crest
Meta Holidays

त्यस्तै सोही मापदण्डको ७२ ९ट० विपरीत बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बडापत्र अस्पतालमा देखिने गरी नराखेको, अस्पतालमा पार्किङ शुल्क लिने गरेको र कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको पाएकोले सचेत गराएको छ ।

मन्त्रालयले कतिपय स्वास्थ्य संस्थाहरूमा अकस्मिक अनुगमनका क्रममा तोकिएका मापदण्ड पुरा नगरेको देखिएको र यसअघि गरिएको परिपत्रको समेत बेवास्ता गरेको पाइएकाले बुधवारको सचिव स्तरको निर्णयले मापदण्ड पूर्ण पालना गर्न भनेको छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x