IME Life

नेको इन्स्योरेन्स २८ औं वर्षमा प्रवेश, हालसम्म शेयरधनीले पाए एक अर्ब ७ करोडको बोनस शेयर

SPIL
NIC ASIA

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी आजदेखि २७ वर्ष पुरा गरी २८ औ वर्षमा प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा बुधबार केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । यहि अवसरमा कर्मचारीहरु विच विभिन्न खेलकुदका कार्यक्रमहरु आयोजना गरी स्पोर्ट मिट आयोजना गरिएको थियो ।

विगत २७ वर्षको इतिहासमा कम्पनीले आफ्ना सेवा प्रवाहका क्षेत्रहरु क्रमशः विस्तार गर्दै बीमाशुल्क, दाबी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी, सामाजिक उत्तरदायित्व लगायतका सूचकांकहरुमा उल्लेखनीय बृद्धि गर्दै आएको छ । कम्पनीले सफलताका २७ वर्ष पुरा गरेको यस अवसरमा कम्पनीको प्रगतिमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपले महत्वपुर्ण सहयोग पुर्याउने ग्राहकहरु, नियामक निकाय, शेयरधनीहरु एवं कर्मठ कर्मचारीहरु प्रति धन्यवाद ज्ञापन गरेको छ । आगामी दिनहरुमा ग्राहकहरुको सेवामा समय सापेक्ष गुणस्तरीय सेवा प्रदान गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

Prabhu
Crest

कम्पनीको शेयर संरचना

५ करोड ५० लाख पूँजी सहित स्थापना भएको कम्पनीको चुक्ता पूँजी आजका दिनमा २ अर्ब एक करोड पुगेको छ । यस अवधिमा कम्पनीले चार पटक हकप्रद र ११ पटक लाभांश वितरण गर्यो ।

कम्पनीको विद्यमान पूँजी २ अर्ब एक करोड मध्ये हकप्रद मार्फत ८८ करोड ५९ लाख रुपैयाँ शेयरधनीहरु सँग उठाइएको छ । यस हिसावले शेयरधनीहरु सँग पूँजी र हकप्रद सहित ९४ करोड ९ लाख रुपैयाँ लियो । बाँकी एक अर्ब ७ करोड रुपैयाँ बोनस शेयर दिएर जुटाएको छ । कम्पनीले एक आर्थिक वर्षमा बाहेक अन्य वर्षमा नगद लाभांश दिएको छैन । दिइएका नगद लाभांश कर प्रयोजनका लागि मात्रै थिए ।

कम्पनीमा संस्थापक शेयरधनीको हिस्सा ५१ प्रतिशत रहेको छ भने सर्वसाधारण शेयरधनीको हिस्सा ४९ प्रतिशत छ । कम्पनीमा महतो समुहको मात्रै १७.९० प्रतिशत शेयर हिस्सा रहेको छ । दोस्रो ठुलो शेयरधनी राष्ट्रिय बाणिज्य बैंकको १५ प्रतिशत छ । नागरिक लगानीकोषको ८.१५ प्रतिशत, कृषि विकास बैंकको ३.४० प्रतिशत, विनायक समुहको ३.३२ प्रतिशत, फण्ड म्यानेजमेन्ट कम्पनीको २.८६ प्रतिशत लगानी छ ।

नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाउन नेकोले मर्जरको नीति लिएको छैन । सकेसम्म बोनस शेयर दिएर जुटाउन नपुगेमा हकप्रद शेयर निष्काशन गर्ने रणनीति नेको इन्स्योरेन्सको छ ।

कम्पनीले नेपाल अधिराज्यभर निर्जीवन बीमा व्यवसाय गर्दै आएको छ । करिव ८१ वटा भन्दा बढि शाखा सञ्जाल रहेका छन् । जसमा ३० वटा भन्दा धेरै शाखा, ४७ वटा भन्दा धेरै उप शाखा, तीन वटा अल्पकालिन काउन्टर र एउटा सम्पर्क कार्यालय रहेको छ । नेकोले गएको वर्ष ज्ञानेश्वरमा आफ्नै भवन निर्माण गरेको थियो ।

नेको इन्स्योरेन्सको लाभांश इतिहास

नेकोले आफ्नो स्थापनाको २७ वर्षको इतिहासमा १२ पटक लाभांश वितरण गरिसकेको छ । सुरुवाति अवस्थामा खासै राम्रो प्रस्तुती गर्न नसकेको नेकोले आर्थिक वर्ष २०६६/६७ देखि भने राम्रो व्यवसाय गर्दै आएको छ । कम्पनीले निर्जीवन बीमा व्यवसायमा नयाँ नयाँ प्रयोग गर्ने गरेको छ ।

विगत २०६६/६७ देखि कम्पनीले शेयरधनीहरुलाई लगातार लाभांश दिदै आएको छ । सुरुवाति दिनमा ५ प्रतिशत मात्रै लाभांश दिएको कम्पनीले कुनै समयमा २१.५ प्रतिशतसम्म दियो । गएको वर्षमा पनि कम्पनीले १५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लागि कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्यो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS