IME Life

बैशाखसम्ममा जीवन बीमा कम्पनीहरुको व्यापार १ खर्ब १४ अर्बमाथि, कुनको कति ? (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७९/ ८० को बैशाखसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्बमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार यी कम्पनीहरुको १ करोड ३८ लाख ८३ हजार ३५७ वटा बीमालेख जारी गरी १ खर्ब १४ अर्ब १० करोड ९७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यी कम्पनीहरुले बैशाख महिनामा मात्रै ९ अर्ब ३७ करोड ४९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमा हुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा २९ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एलआइसी नेपालले १४ अर्ब १८ करोड ८५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । नेशनल लाइफले १२ अर्ब ३९ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।
त्यसैगरी यस अवधिसम्ममा राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ५८ करोड ५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ६ अर्ब ७७ करोड ९८ लाख रुपैयाँ, साविक यूनियन लाइफले ६ अर्ब २३ करोड ९ लाख, एशियन लाइफले ५ अर्ब ६८ करोड ६८ लाख, सिटिजन लाइफले ४ अर्ब ४२ करोड ३ लाख, सानिमा रिलायन्स लाइफले ४ अर्ब ४१ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
त्यस्तै, मेट लाइफले ४ अर्ब २७ करोड ३८ लाख, साविक प्राइम लाइफले ३ अर्ब ५२ करोड ८१ लाख, आइएमई लाइफले ३ अर्ब २६ करोड ६२ लाख, सन नेपाल लाइफले ३ अर्ब १३ करोड ९३ लाख, रिलायबल नेपाल लाइफले ३ अर्ब ५२ लाख, साविक गुराँस लाइफले २ अर्ब ३९ करोड २२ लाख, प्रभु लाइफले १ अर्ब ६९ करोड २९ लाख रुपैयाँ, महालक्ष्मी लाइफले १ अर्ब ३१ करोड २० लाख र साविक यूनियन, प्राइम र गुराँस लाइफ एक आपसमा मर्ज भई बनेको हिमालयन लाइफले हालसालै हिमालयन लाइफको नामबाट एकिकृत कारोबार गरेको हो । यस कम्पनीले १५ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS