IME Life

कांग्रेस अर्थमन्त्रीकै कदमबाट विच्किए लगानीकर्ता, नेप्से सूचक ५३ अंकले घट्यो

SPIL
NIC ASIA

काठमाडौं । कांग्रेस अर्थमन्त्रीकै कदमबाट लगानीकर्ता विच्किएका छन् । अर्थमन्त्री डा. प्रकाश शरण महतले आयकर ऐन २०५८ लाई चालाउदा लगानीकर्ताहरुलाई अर्बौ रुपैयाँको दायित्व सिर्जना भएको छ । दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्तादेखि लिएर बैंक, वित्तीय संस्था, बीमा कम्पनी र जलविद्युत कम्पनीहरुलाई अर्बौ रुपैयाँको करको दायित्व सिर्जना भएको छ ।

नेपाल लाइफले एफपिओ जारी गर्दा आर्जन गरेको प्रिमियमबाट अर्ब रुपैयाँ भन्दा बढिको कर भुक्तानी गर्नु पर्ने देखिएको छ । प्रिमियममा एफपिओ जारी गरेका, हकप्रद शेयर निष्काशन गर्दा आर्जन भएको प्रिमियम, मर्जर हुँदा स्वाप रेसियोबाट आर्जन भएको प्रिमियम लगायतमा ३० प्रतिशत कर गणना गर्नु पर्ने भएको छ ।

Prabhu
Crest

तर अर्थमन्त्री डा. महतले पत्रकार सम्मेलन गरेर यस विषयमा लगानीकर्ताहरु माझ बुझाइको कमि भएको प्रतिकृया दिएका छन् । कर सिर्जना गर्ने भन्दा पनि समाधान गरिएको उनको जिकिर छ । विगतका वर्षदेखि नै यस विषयमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाउदै आएको थियो । महालेखापरीक्षकको प्रश्नलाई संबोधन गर्दै महतले बजेटबाटै करको दायित्व निर्धारण गरिदिएका हुन् । नियम अनुसार सिर्जित कर भुक्तानीका क्रममा सहजिकरण गरिएको महतको तर्क छ ।

लगानीकर्ताले नयाँ बजेटलाई नरुचाउदा नेप्से सूचक ५३.१६ अंकले घटेको छ । मंगलबार कारोबार सुरु भएदेखिनै बजार घट्न थालेको हो । सूचकमा भारि गिरावट भए पनि ठुला लगानीकर्ताले शेयर बिक्री गर्दा कारोबार रकम २ अर्ब ३४ करोड रुपैयाँको भएको छ ।

आज ९ वटा कम्पनीको शेयर मूल्यमा सुधार भए पनि सम्पुर्ण सूचक तथा उपसूचकमा भारी गिरावट भएको छ । आत्मनिर्भर र विपिडब्लु लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शिवम सिमेन्टको सर्वाधिक २१ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS