SKIP THIS

Sun Securities
IME Life

सरकारले शेयर बजारमा थाप्यो एम्बुस, लाभांश खाएर बिक्री गरिसकेका शेयरधनीको भार नयाँ लगानीकर्तालाई !

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले शेयर बजारलाई नै प्रभावित पार्ने गरी प्रिमियम मार्फत आर्जित आम्दानीमा कर निर्धारण गरिदिएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य सँगै सार्वजनिक गरेको आर्थिक विधेयकको दफा २७ र २८ मा एफपिओ तथा मर्जरका क्रममा प्राप्त हुने प्रिमियममा कर लाग्ने भन्दै यस भन्दा अगाडी सिर्जित दायित्वलाई समेत भुक्तानी गर्न निर्देशन दिएको छ ।

सरकारले फर्दर पब्लिक अफरिङ जारी गरी प्राप्त रकमबाट लाभांश बापत वितरित बोनस शेयरको रकम आयमा समावेश नगरेका निकायलाई शुल्क र व्याज मिनाहा गर्न विशेष व्यवस्था गरेको छ । जसमा कुनै नियकाले फर्दर पब्लिक अफरिङबाट प्रिमियम मूल्यमा शेयर जारी गरी प्राप्त भएको रकम मध्ये आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई बोनस शेयरको रुपमा वितरण गरेको लाभांश रकमलाई आयकर ऐन २०५८ को दफा ५६ को उपदफा ३ बमोजिम आयमा समावेश गरी कर दाखिल नगरेको भए उक्त रकममा लाग्ने कर आगामी मंसिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा व्याज मिनाहा हुनेछ भनेको छ ।

Crest
Meta Holidays

जवकी एफपिओमा शेयर जारी गरि आर्जित प्रिमियमबाट कम्पनीहरुले बोनस शेयर वितरण गरिसकेका छन् । कतिपय कम्पनीका तत्कालिन शेयरधनीहरुले लाभांश लिएर शेयर समेत बिक्री गरिसकेका छन् । पुराना शेयरधनीहरुले प्राप्त गरिसकेको उक्त रकमबाट अहिलेका शेयरधनीहरुलाई कर भुक्तानी गर भन्नु अन्याय भएको बजार विश्लेषकहरु बताउछन् ।

नेपाल उद्योग बाणिज्य महासंघका सदश्य तथा लगानीकर्ता अम्बिका प्रसाद पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ‘हे ईश्वर, ती बैंक वित्तीय संस्थाहरुले कहाँ बाट ती व्यक्ति र संस्था खोज्ने होलान जसले पहिले नै मर्जर एक्युजिसन, एफपिओबाट प्राप्त लाभ लिएर शेयर बेचेर निस्किसे । अनि अहिले जसको हातमा त्यो बेचिएको शेयर छ उसले के आधारले हिजो संस्था तथा स्वयम् सरकारले गरेको गल्तीको भार बोक्नु पर्ने ।’

हिजोको गल्तिलाई अहिलेका शेयरधनीहरुले सजाय भोल्नु पर्ने अवस्था आउनु आफैमा प्राकृतिक न्यायको सिद्धान्त विपरित हो । बैंक तथा वित्तीय संस्थाको मर्जर र एक्युजिसन हुनु अघि र अहिले कायम शेयरधनी एउटै रहिरहेको भए केहि फरक नपर्ने विश्लेषक पौडेलको भनाइछ ।

समाधानको पाटो र असर नहेरी लोकप्रियताको लागि गरिएका यस्ता निर्णयहरुले दीर्घकालीन रुपमा नै वित्तीय क्षेत्रमा प्रभाव पार्ने विश्लेषक पौडेलको भनाइ छ । बैंकर मनोज ज्ञवालीले सरकारको यस कदमलाई ‘एम्बुस थापेको’ संज्ञा दिएका छन् ।

सरकारले एफपिओ मात्रै होइन मर्जरका क्रममा स्वाप रेसियोबाट आर्जित प्रिमियमलाई समेत आम्दानीको रुपमा गणना गर्न निर्देशन दिएको छ । उक्त रकमलाई आम्दानी मानेर कर असुल गर्नु पर्ने सरकारको तर्क छ । सरकारको यस कदमले प्रिमिमयमा आइपिओ निष्काशन गर्नेदेखि लिएर हकप्रद निष्काशन गर्ने कम्पनीहरुलाई समेत प्रभावित पार्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

9%

खुसी

25%

दु :खी

5%

अचम्मित

0%

उत्साहित

61%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x