SKIP THIS

IK Anniversary
IME Life

बीमा क्षेत्रलाई बजेटको उपेक्षा, यस्ता छन् बजेटमा उल्लेखित व्यवस्था

SPIL
NIC ASIA

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले बीमा क्षेत्रलाई उपेक्षा गरेको छ । चालु आर्थिक वर्षमा बजेटले बीमालाई धेरै हदसम्म समेटेको थियो । तर यस वर्ष अर्थमन्त्री डा. प्रकाश शरण महतले बीमाको विषय खासै उल्लेख गरेनन् । बजेटमा बीमा क्षेत्रको नियमन र सुपरिवेक्षणलाई सुदृढ र प्रभावकारी बनाइनेछ भनिएको छ । त्यस्तै गुणस्तरिय बीमा सेवा विस्तार गर्नुका साथै बीमा दाबी प्रकृयाँलाई सरलीकरण गरी भुक्तानी प्रणालीमा शिघ्रता ल्याइनेछ भनिएको छ ।

ग्रामिण र दुर्गम क्षेत्रमा बीमा कम्पनीको शाखा स्थापना गर्न प्रोत्साहन गरिनेछ भनिएको छ । बीमा प्राधिरकण, स्थानीय तह, बीमक लगायत सरोकारवालासँग सहकार्यमा दुर्गम तथा ग्रामिण क्षेत्रमा बीमा सम्बन्धी साक्षरता अभिबृद्धि गरिनेछ भनिएको छ ।

Prabhu
Crest

वित्तीय क्षेत्रको स्रोत साधन सीमित व्यक्ति समुह वा भौगोलिक स्थानमा केन्द्रित हुन नदिन समावेशी वित्तको अवधारणा अनुसार बैंक वित्तीय संस्था बीमा र पूँजी बजारको सेवा बहुसंख्यक जनतासम्म पुर्याउने गरी आवश्यक नीतिगत सुधार गरिने भएको छ । सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थालाई पुनर्संरचना गरी थप सुदृढ बनाउने भएको छ ।

आगामी आर्थिक वर्षमा २ लाख भन्दा बढी किसानको बाली तथा पशुधन बीमाको प्रिमियम अनुदान उपलब्ध गराउन ९५ करोड रुपैयाँ विनियोजन गरिएको छ । सरकारले आरक्षण क्षेत्रमा रहेका बासिन्दाको दुर्घटना बीमा गरिदिने घोषणा गरेको छ । सरकारले स्वास्थ्य बीमामा दिदै आएको अनुदान तथा सहायतालाई निरन्तरता दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS