IME Life

यस वर्ष कुल बीमा शुल्क आर्जनको बृद्धिदर ५.४५ प्रतिशतमा सिमित हुने प्राधिकरणको प्रक्षेपण

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षमा कुल बीमा शुल्क आर्जनको बृद्धिदर ५.५४ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा एक खर्ब ८७ अर्ब ५९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्ने प्राधिकरणले प्रक्षेपण गरेको हो ।

चालु आर्थिक वर्षको असार मसान्तसम्ममा जीवन बीमा तर्फ कुल बीमा शुल्क आर्जन एक खर्ब ४५ अर्ब र निर्जीवन तर्फ ४१ अर्ब गरी जम्मा एक खर्ब ८७ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ ।

Prabhu
Crest

जवकी गत आर्थिक वर्ष २०७८/७९ को अन्त्यमा नेपाली बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्क आर्जनको बृद्धिदर १६.४८ प्रतिशत थियो । कम्पनीले गत वर्ष एक खर्ब ७७ अर्ब ८१ करोड रुपैयाँ बूमा शुल्क आर्जन गरेका थिए ।

गएको वर्ष कुल गार्हस्थ्य उत्पादनमा बीमा क्षेत्रको अनुपात ३.६० प्रतिशत थियो । यस वर्ष यस्तो अनुपात पनि ३.४८ प्रतिशत कायम हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा उच्च स्तरको मुद्रास्फीति र न्युन आर्थिक बृद्धिले गर्दा बीमा शुल्क आर्जनमा गिरावट हुने देखिएको प्राधिकरणको विश्लेषण छ ।

पछिल्लो समय कोभिड १९ को महामारी, युक्रेन रसिया युद्ध र विश्वव्यापी मन्दीका कारण नेपाली बीमा बजारमा प्रतिकुल प्रभाव परेको प्राधिकरणले जनाएको छ । यस वर्ष मुद्रास्फीति ७.८७ प्रतिशत र आर्थिक बृद्धि १.८६ प्रतिशतमै सिमित हुने राष्ट्र बैंकको प्रक्षेपण छ ।

बीमाको पहुँच

चालु आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म एक करोड ४१ लाख ६५ हजार ९९८ वटा जीवन बीमालेख सक्रिय रहेका छन् । त्यस्तै सक्रिय निर्जीवन बीमालेखको संख्या २१ लाख ६६ हजार ३२८ वटा रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशित गरेको २०७८ को जनसंख्याका आधारमा हाल चैत मसान्तसम्मको जनसंख्या र सक्रिय बीमालेको गणना गर्दा ४४.५५ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको छ । अझै ५५.४५ प्रतिशत जनसंख्या बीमाको पहुँच भन्दा बाहिर रहेको प्राधिकरणले जनाएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा जीवन बीमा तर्फ एक खर्ब ४ अर्ब ७३ करोड र निर्जीवन तर्फ २० अर्ब एक करोड गरी कुल एक खर्ब ३४ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।

विगत पाँच आर्थिक वर्षमा कुल बीमाशुल्क संकलनको अवस्था हेर्दा आर्थिक वर्ष २०७४/७५ मा जीवन बीमा तर्फ ५१ अर्ब एक करोड र निर्जीवन तर्फ २२ अर्ब १४ करोड गरी जम्मा ७३ अर्ब १५ करोड रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा जीवन तर्फ एक खर्ब २० अर्ब र निर्जीवन तर्फ ३१ अर्क ७२ करोड गरी जम्मा एक खर्ब ७७ अर्ब रुपैयाँ थियो । चालु आर्थिक वर्षको असार मसान्तसम्ममा जीवन बीमा तर्फ कुल बीमा शुल्क आर्जन एक खर्ब ४५ अर्ब र निर्जीवन तर्फ ४१ अर्ब गरी जम्मा एक खर्ब ८७ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS