IME Life

वास्तविक तथ्याङ्क बाहिरिने भए पछि एपिआइ प्रणालीमा जान मानेनन् कम्पनी, प्राधिकरणले दियो साथ

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले आफ्नो यथार्थ तथ्याङ्क बाहिरिने भए पछि नेपाल बीमा प्राधिकरणको एपिआई प्रणालीमा जान अस्वीकार गरेका छन् । कम्पनीहरुले तथ्याङ्कको सुरक्षालाई कारण देखाउदै एपिआई प्रणालीमा जान अस्वीकार गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको सुरुदेखिनै बीमा कम्पनीहरुको सफ्टवेयरलाई प्राधिकरणले तयार पारेको केन्द्रिकृत सफ्टवेयर प्रणाली ‘एपिआई’मा जोड्ने योजना बनाएको थियो । प्राधिकरणले पहिलो चरणमा गएको असार २१ गते सम्पुर्ण कम्पनीहरुलाई प्राधिकरणको एपिआई प्रणालीमा जोडिन निर्देशन दिएको थियो । तर कम्पनीहरुले अस्वीकार गरे । त्यस पछि कयौ छलफल भए । तर कुनै पनि छलफलले सार्थकता पाउन सकेन । यसका लागि प्राधिकरणले ठुलो खर्च पनि गर्यो । अन्ततः कम्पनीहरुले बीमा प्राधिकरणको उच्च व्यवस्थापनलाई तत्काल यस्तो काम गर्न नहुने भन्दै कन्भिन्स गरे सफल भए ।

Crest

बीमा कम्पनीको उच्च व्यवस्थापनको अनुरोधलाई स्वीकार गर्दै प्राधिकरण पनि आफ्नो योजनाबाट पछाडी हटेको छ । अहिले प्राधिकरणको भवन बनिरहेको हुँदा डेटा सेन्टरका लागि सुरक्षित भौतिक संरचना नभएको हुँदा तत्काल एपिआई प्रणालीमा नजाने सहमति समेत भइसकेको छ । प्राधिकरणले भौतिक संरचनालाई बहाना बनाएर भवन निर्माण पश्चात मात्रै यो काम अगाडी बढ्ने जनाएको छ ।

एपिआई प्रणालीमा सबै कम्पनी जोडिने वित्तीकै बीमा कम्पनीको लाइभ तथ्याङ्क थाहा हुन्छ । प्राधिकरणले कम्पनीहरुलाई लाइभ मोनिटरिङ गर्न सक्छ । कम्पनीहरुले व्यवसाय लगायतका तथ्याङ्कमा म्यानुपुलेसन गर्ने भएकाले पनि यस्तो प्रणालीमा जान अस्वीकार गरेका हुन् ।

कम्पनीहरुले प्राधिकरणको विश्वसनियता प्रति नै संका व्यक्त गरेका छन् । प्राधिकरणकै कर्मचारीहरुले एक कम्पनीको तथ्याङ्क अर्को कम्पनीलाई उपलब्ध गराउन सक्ने कम्पनीको भनाइ छ । यस्तो अवस्थामा कम्पनीहरुको रणनीतिदेखि लिएर गोप्य विवरण बाहिरिने उनिरुको तर्क छ । जवकी नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई लाइभ मोनिटरिङ गरिरहेको छ । एउटा नियामक निकायले गर्ने मोनिटरिङ गर्ने कामलाई अविस्वास गर्नु र अवस्वास गर्ने वातावरण हुनु आफैमा राम्रो होइन ।

यसका लागि प्राधिकरणले पनि कम्पनीहरुलाई विश्वसनिय बनाउन सक्नु पर्छ । अर्को तर्फ प्राधिकरण जस्तो नियामक निकायले गर्न थालेको काममा कम्पनीहरुले अप्रत्यक्ष रुपमा प्रभावित पार्नु उचित हुँदैन । नियमन गर्नु प्राधिकरणको क्षेत्राधिकार हो । बीमा क्षेत्रको सुधारका लागि पनि यो प्रणाली लागु पर्नु छ ।

बीमा कम्पनीहरुले जारी गरेका बीमालेख संख्या, बीमा शुल्क आर्जन, दाबी भुक्तानी, बीमालेख धितोमा दिएको कर्जा,अभिकर्ता कमिशन,लगानी,पोलिसी सरेण्डरलगायतका डाटा लाइभ हेर्न सकिने भएकाले कम्पनीले गर्ने बदमासीलाई प्राधिकरणले सहजै मोनिटरीङ गर्न सक्छ । बीमा क्षेत्रमा हुने सम्भावित दुर्घटनालाई पनि प्राधिकरणले सहजै समाधान गर्न सक्छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

60%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS