IME Life

बैंकिङ प्रणालीमा तीन खर्बको तरलता, असारसम्ममा अधिक तरलताको अवस्था आउन सक्ने

SPIL
Sanima Reliance

काठमाडौं । बैकिङ प्रणालीमा तीन खर्ब भन्दा माथिको तरलता रहेको छ । बैंक वित्तीय संस्थाले आजको दिनमा तीन खर्ब भन्दा माथि कर्जा प्रवाह गर्न सक्ने क्षमता राख्छन् । नेपाल राष्ट्र बैंकका अनुसार हाल सिडी रेसियो ८४.८७ प्रतिशत रहेको छ ।

हाल बैंकहरुले ४८ अर्ब ४८ करोड रुपैयाँ लगानी गरेका छन् । बैंकहरुले सिडी रेसियो ९० प्रतिशत हुँदासम्म कर्जा प्रवाह गर्न सक्छन् । विगत दुई वर्षदेखि बैंकहरुको सिडी रेसियो ९० प्रतिशत हाराहारी थियो । कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा पुगेका बैंकहरु केहि केहि समयदेखि कर्जा विस्तार ठप्प भएर चिन्तित छन् ।

Crest
Meta Holidays

बैकहरुको कर्जा बृद्धि असार मसान्तदेखि पछिलो १० महिनाको अवधिमा एक खर्ब ३३ अर्ब रुपैयाँ प्रवाह गरेका छन् । आर्थिक वर्षको अन्तिम समयमा बैंकहरुले कर्जा विस्तार गर्दैनन् । यो समय कर्जा भन्द पनि निक्षेप भित्रिने समय हो । यसले गर्दा आगामी असार मसान्तसम्ममा बैंकिङ प्रणालीमा अधिक तरलता हुने बैंकिङ विश्लेषक परशुराम कुवरको विश्लेषण छ ।

सामान्यतया व्यवसायीहरुले आफ्ना विद्यमान व्यवसायहरु स्थापना गर्न कर्जाको माग गर्दछन् । उच्च व्याजदर लगायत विभिन्न कारणहरुले गर्दा व्यवसायीहरुबाट कर्जाको माग न्यून रहदै आएको छ । यदी कुनै व्यवसायले बैकहरुसँग लिएको कर्जा प्रयोजन भन्दा फरक क्षेत्रमा डाईभर्ट गरेको रहेछ भने अहिले घटेको कारोवार पहिल्यैको तहमा विस्तार गर्न पनि आवस्यक कर्जा बैंकहरुबाट प्राप्त नहुने कुवरको भनाइ छ ।

बैकहरुले आफ्नै हातले दिएको कर्जाहरु नउठ्ने प्रवृत्ति देखिएकाले थप कर्जा दिन हिचकिचाउने संभावना रहने उनको तर्क छ । बैकहरुको कर्जा योग्य तरलता मजवुत हुँदा हुँदै पनि कर्जाको माग कम हुने र बैकहरु पनि थप कर्जा दिन उत्साहित नहुँदा कर्जा विस्तार कम हुने जोखिम रहेको उनि बताउछन् ।

कुल जीडीपीमा निजी क्षेत्रको योगदान ८० प्रतिशत भन्दा बढी भएको परिप्रेक्ष्यमा खास गरेर रोजगारीमुलक व्यवसायहरुमा न्यून कर्जा प्रवाह हुँदा आर्थिक वृद्धि न्यून हुने संभावना रहन्छ । घट्दो व्याजदर र राष्ट्र बैकले चालू आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा मार्फ़त लक्षित व्यवसायहरुका लागि लिईएका पुनरसंरचना र पुनरतालिकरण तथा पुनरकर्जा लगायतका कदमहरुले राहात दिएको छ ।

यस सँगै सरकारले वित्त नीति मार्फत आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने रोजगारीमुलक व्यवसायहरुलाई प्रोत्साहन हुने गर आव २०८०/८१ को बजेट ल्याउन सकेमा अर्थतन्त्र सहि दिशामा अगाडी बढ्ने विश्लेषकहरु बताउछन् ।

सरकारले लिने वित्त नीति र राष्ट्र बैकले लिने मौद्रिक नीतिले अर्थतन्त्रलाई सहि दिशामा उनिको भनाइ छ । अर्थतन्त्र लाई सहि दिशामा फर्काउन साधारण खर्चलाई निर्मम रुपले घटाउने र खर्च गर्न सकिने पूँजीगत खर्च उल्लेख्य रुपले वृध्दि गर्नु पर्ने विज्ञहरु बताउछन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

42%

खुसी

16%

दु :खी

16%

अचम्मित

11%

उत्साहित

16%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x