IME Life

सस्तो मूल्यमा ब्लुचिप कम्पनी खरिद गर्ने होडवाजीले सूचक र कारोबार रकममा सुधार

SPIL
NIC ASIA

काठमाडौं । सस्तो मूल्यमा ब्लुचिप कम्पनीको शेयर खरिद गर्ने होडवाजीले नेप्से सूचक र कारोबार रकम दुबैमा सुधार देखिएको छ । मंगलबार ५१ अंकले बढेको शेयर बजार आज भने १२ अंकले बढेको छ । बैंकिङ प्रणालीमा तरलता बढेको र असार पछि कर्जाको व्याजदर कोभिड १९ कै हाराहारीमा झर्ने विश्लेषण सँगै लगानीकर्ता हौसिएका हुन् ।

बैंकरहरुले आगामी असारदेखि देखिने गरी कर्जाको व्याजदर घट्ने घोषणा गरिसकेका छन् । नयाँ कर्जा प्रवाह नहुँदा बैंकिङ प्रणालीमा तरलता थुप्रिने क्रम बढेको छ । प्रयाप्त तरलता सँगै बैंकहरुले शेयरधितोकर्जा प्रवाह गर्न थालिसकेका छन् ।

Prabhu
Crest

नयाँ ब्रोकर लाइसेन्स जारी गरेको भन्दै पुराना ब्रोकरहरुले जवरजस्ती बजार घटाउन खोजिरहेका थिए । तर नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकरलाई लाइसेन्स दिन थालिसकेको छ । ७ वटाले व्यवसाय शुभारम्भकै लागि लाइसेन्स पाइसकेका छन् । अव बजारमा नयाँ प्लेयर भित्रिने छन् । नयाँ ब्रोकरले दोस्रो बजारलाई पनि विस्तार गर्ने आकलन सँगै शेयर बजारमा सुधार देखिन थालेको हो ।

नयाँ पुराना गरेर ९० वटा भन्दा धेरै ब्रोकर कार्यालयहरु सञ्चालनमा आउने छन् । नयाँ ब्रोकरले बजारको खोजि गर्दै काठमाडौं बाहिर जानु पर्नेछ । यसले पनि शेयर बजारको विस्तारमा मद्दत पुग्ने लगानीकर्ताहरु बताउछन् ।

बुधबार नेप्से सूचक १६.४९ अंकले बढेको छ । सूचक सँगै कारोबार रकम पनि एक अर्ब ८७ करोड रुपैयाँको भएको छ । कारोबार रकममा विस्तारै बढ्ने क्रम जारी छ । जवकी एक साता अगाडी दोस्रो बजारमा ६०/७० करोडको हाराहारीमा मात्रै कारोबार हुन्थ्यो ।

नेप्से सूचक १९५९.१२ अंकमा रोकिएको छ । १३१ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ८३ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । आत्मनिर्भर र युनिलिभरको शेयर मूल्य सर्वाधिक बढ्ने क्रममा सर्किट लागेको छ । शिवम सिमेन्टको मात्रै १४ करोड ६४ लाख रुपैयाँको खरिद बिक्री भएको छ । नेशनल लाइफ हिमालयन डिष्ट्रिलरीको सर्वाधिक कारोबार भएको छ । लगानीकर्ताले बजार मूल्य बढ्न सक्ने कम्पनीहरु छानी छानी खरिद गरिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS