IME Life

युनाइटेड अजोडको एकिकृत कारोबार जेठ १४ गतेदेखि, मर्जर पछि ६० करोड पूँजी आवश्यक पर्ने

SPIL
NIC ASIA

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले आगामी जेठ १४ गते आइतबारदेखि संयुक्त कारोबारको शुभारम्भ गर्ने भएका छन् । दुबै कम्पनीलाई नेपाल बीमा प्राधिकरणले अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।

आगामी आइतबारदेखि युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार हुनेछ । दुई कम्पनीले गएको चैत १६ गते मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । गएको पुस अन्तिममा प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले करिव साढे चार महिनाको अवधिमा मर्जर प्रकृयाँ टुङ्ग्याएका हुन् ।

Prabhu
Crest

दुई कम्पनी विचमा १०० बराबर ८२.५ को अनुपातमा मर्जर भएको हो । यस स्वाप रेसियो अनुसार अजोड इन्स्योरेन्स कम्पनीको १०० कित्ता शेयर हुनेको मर्जर पश्चात ८२.५ कित्ता हुनेछ । युनाइटेडका शेयरधनीको कित्तामा कुनै फेरबदर हुने छैन ।

मर्जर पश्चात युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको अध्यक्ष अजाद श्रेष्ठ हुनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा साविक प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एसके रावललाई नियुक्ति गर्ने टुङ्गो लागिसकेको छ ।

साधारणसभाले ५ प्रतिशत बोनस शेयर पारित गरे सँगै युनाइटेड इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी एक अर्ब ७ करोड पुगेको छ । अजोडको चुक्ता पूँजी एक अर्ब रहेको छ । स्वाप रेसियोका आधारमा अजोडको चुक्ता पूँजी ८२ करोड ५० लाखमा झर्नेछ । मर्जर पश्चात चुक्ता पूँजी एक अर्ब ९० करोड पुग्नेछ । नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम चुक्ता पूँजी जुटाउन कम्पनीलाई अझै ६० करोड आवश्यक पर्नेछ । कम्पनीले मर्जर पछि हकप्रद निष्काशन गर्नु पर्ने देखिन्छ ।

प्रभु इन्स्योरेन्ससँग मर्जर भाडिए पछि अजोडले युनाइटेडसँग मर्जरको सहमति गरेको थियो । प्रभुसँग स्वाप रेसियोमा कुरा नमिले पछि मर्जर भाडिएको हो । अजोडले युनाइटेडसँग मर्जर प्रकृयाँ टुङ्ग्याए पनि प्रभु इन्स्योरेन्सले अहिलेसम्म जोडि पाउन सकेको छैन । कम्पनीले चुक्ता पूँजी जुटाउन विदेशी रणनीतिक साझेदार भित्र्याउने योजना प्रस्तुत गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

13%

दु :खी

13%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS