Prabhu Life Ad Final

आरविवि म्युचुअल फण्ड २ को इकाई बाँडफाँड सम्पन्न

IME PAY
IME Life

काठमाडौं । आरविवि म्युचुअल फण्ड २ को इकाई बाँडफाँड भएको छ । योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले वैशाख १७ गतेदेखि ३१ गतेसम्म इकाई विक्री गरी जेठ ८ गते बाँडफाँड गरेको हो ।

यस योजना सञ्चालनका लागि योजना व्यवस्थापकले प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ दरको १२ करोड इकाईमध्ये न्यूनतम १ करोड ८० लाख वा विक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो ।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई विक्रीबाट संकलित रकम सूचीकृत तथा सार्वजनिक निष्कासनका धितोपत्र, नेपाल सरकारले जारी गरेको ऋणपत्र ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरू, बैंक निक्षेप र नेपाल धितोपत्र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी हुनेछ ।

योजनाको इकाई बाँडफाँड भएको मितिले १० वर्ष अवधिपश्चात् योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिने जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS