IME Life

टर्की र सिरियाको भुकम्पले म्युनिख रिको मुनाफामा भारी गिरावट, बीमा क्षेत्रमा ५ अर्ब युरोको दाबी

SPIL
NIC ASIA

काठमाडौं । टर्की र सिरियाको भुकम्पका कारण ग्लोबल रि इन्स्योरेन्स कम्पनी म्युनिख रिको मुनाफमा १४.२ प्रतिशतले गिरावट देखिएको छ । सन् २०२३ को पहिलो त्रैमासिक अवधिमा म्युनिख रिकको नेट रिजल्ट एक अर्ब २७ करोड युरो रहेको छ । जवकी यस भन्दा अघिल्लो वर्षको यहि अवधिमा म्युनिख रिले एक खर्ब ४८ अर्ब युरो मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले समुहगत रुपमा हेर्दा बीमा व्यवसाय तर्फ आम्दानी १४ अर्ब युरो नाघेको छ भने कुल टेक्निकल रिजल्ट तर्फ एक अर्ब ८० करोड युरो छ । म्युनिङको पुनर्बीमा व्यवसाय तर्फ मुनाफा भने १.०५ अर्ब युरो रहेको छ ।

Prabhu
Crest

वित्तीय विवरण अनुसार म्युनिख रिले पुनर्बीमा शुल्क बापत ९ अर्ब २३ करोड युरो आर्जन गरेको छ । यस्तो बीमा शुल्क आर्जन गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेको छ ।

समिक्षा अवधिमा मानवबाट सिर्जीत घटनाहरुबाट कम्पनीलाई १७० मिलियन बराबरको नोक्सानी भएको छ भने प्राकृतिक प्रकोपबाट सिर्जित घटनाबाट कम्पनीलाई ८७० मिलियन युरो बराबरको नोक्सानी भएको छ । जवकी गत वर्षको यहि अवधिमा यस्तो क्षेत्रबाट कम्पनीलाई जम्मा ४४८ मिलियन डलरको नोक्सानी भएको थियो । यस वर्ष टर्कीमा गएको भुकम्पले ठुलो नोक्सानी गराएको छ ।

टर्किमा गएको भुकम्पले ६० हजार मानिसले ज्यान गुमाएका थिए । यस अवधिमा बीमा कम्पनीहरुले ४ देखि ५ अर्ब युरो बराबरको दाबी भुक्तानी गर्नु परेको हो । जसमा म्युनिख रि एक्लैले ०.६ अर्ब युरो बराबरको दाबी भुक्तानी गर्नु परेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

33%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS