IME Life

प्रभु र सेञ्चुरी क्यापिटल विचको मर्जर सम्पन्न, हमालले गरे संयुक्त कारोबारको उद्घाटन

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले प्रभु क्यापिटल र सेञ्चुरी क्यापिटल मार्केट्सको मर्जर पछिको एकिकृत कारोबारको उद्घाटन गरेका छन् । प्रभु क्यापिटलले  सेञ्चुरी क्यापिटल मार्केट्सलाई प्राप्ति गरेको हो । ‍

मर्चेन्ट बैंकहरु मध्ये सर्वाधिक चुक्ता पूँजी रहेको प्रभु क्यापिटलले सञ्चुरीलाई प्राप्ति गरे सँगै बढेर एक अर्ब २० करोड पुगेको छ ।

Crest

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक एक आपसमा गाभिए सँगै दुबैको सहायक कम्पनीको रुपमा रहेका प्रभु र सेञ्चुरी क्यापिटल पनि मर्जर भएका हुन् ।

प्रभु क्यापिटलले २०७३ सालदेखि प्रभु बैंकको सहायक कम्पनीको रुपमा सञ्चालन हुँदै आइरहेको छ । मर्जर अगाडी प्रभुको चुक्ता पूँजी एक अर्ब र मर्जर पश्चात एक अर्ब २० करोड कायम भएको हो । जसमा प्रभु बैकको ६८ करोड रुपैयाँ लगानी रहेको छ भने अन्य व्यक्ति तथा संस्थाको ४३ करोड रुपैयाँ लगानी रहेको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले अण्डरराइटिङको प्रकृयाँलाई सुधार गर्नु पर्ने बताएका छन् । उनले भने ‘यसमा क्रान्तिकारी परिवर्तन गर्नु पर्नेछ । अन्य मुलुकमा धितोपत्र निष्काशन गर्ने कम्पनीले अण्डराइटिङ कम्पनीलाई अण्डराइटिङका लागि कन्भिन्स गर्नु पर्छ । यसका लागि कम्पनीको शेयर मूल्यमा शुक्ष्म विश्लेषण गर्नु पर्छ। ‘

कम्पनीहरुले आफ्नो वित्तीय तथ्याङ्क देखाएर यो मूल्य मलाइ चाहियो भनेर मनाउने अभ्यास रहेको हमालले बताए । मर्चेन्ट बैंकहरुले पनि कम्पनीको वित्तीय स्वास्थ्य हेरेर म यति मात्रै मूल्य दिन सक्छु भनेर अडान गर्छन् । यसरी कम्पनीले चार पाँच वटा अण्डरराइटिङ एजेन्सीले दिने प्रस्ताव मध्ये जसको राम्रो लाग्छ त्यसैकोमा गएर गर्नु पर्ने अध्यक्ष हमालको तर्क छ । उनले थपे ‘यति भइसके पछि नियामक निकायले कम्पनीका सम्पुर्ण वित्तीय अवस्थालाई सार्वजनिक गर्ने हो ।’ नियमनकारी निकायले सबै काम गर्न नसक्ने भन्दै अध्यक्ष हमालले नियामकको आफ्नै बाध्यता र सिमाहरु रहने प्रष्ट पारे । त्यसैले सबै प्रकृयाँ र सबै क्षेत्रमा पारदर्शि हुनु पर्ने उनको भनाइ छ । त्यसैले अण्डराइटिङमा ठुलो फड्को मार्नु पर्ने अवस्था रहेको उनले बताए ।

अण्डराइटिङ गरिसकेर दुई महिना पछि आएर मूल्य घटाइदिनु पर्यो भन्न नमिल्ने भन्दै उनले प्रष्ट पारेका छन् । हमालले घोराही सिमेन्टको अण्डराइटिङमा भइरहेको अभ्यासलाई संकेत गर्दै यस्तो बताएका हुन् । उनले मर्चेन्ट बैंकरहरुलाई भने ‘तपाईहरुले सबै किसिमका जोखिम लिनु पर्यो । हामी कुनै न कुनै समयमा फेयर बजार मूल्य भएको अवस्थामा पुग्ने छौ ।’

हमालले ६०/६५ रुपैयाँ नेटवर्थ भएका कम्पनीहरुले पनि १०० रुपैयाँमा आइपिओ निष्काशन गर्नु सहि नभएको बताएका छन् । उनले भने ‘६०/६५ रुपैयाँको शेयर १०० रुपैयाँमा बिक्री गर्नु अण्डर भ्यालु भएको शेयर बिक्री गर्नु हो ।’

धितोपत्र बोर्डले केहि कुराहरुमा परिवर्तन गर्न लागेको जानकारी दिए । उनले भने ‘हिजोका दिनमा हाम्रोमा एउटा आइपिओको फाइल स्वीकृत हुन १५/१८ महिना लाग्थ्यो । म बोर्डमा आए पनि महिनामा औषतमा पनि ४ वटा स्वीकृत दिइरहेका छौ । यदि फाइल ठिक छैन भने अस्वीकृत गर्ने र राम्रो छ भने तत्काल अनुमति दिन्छौ ।’ आइपिओ निष्काशन प्रकृयाँलाई पनि डिजिटल प्रणालीमा रुपान्तरण गर्ने हमालले घोषणा गरेका छन् । एउटा आइपिओ निष्काशनको अनुमति ४०/४५ दिन भन्दा धेरै समय लाग्न नहुने उनको भनाइ छ ।

आइपिओ निष्काशन प्रकृया पनि फेयर मूल्यका आधारमा निष्काशन गर्न पाउने अवस्था सिर्जना गर्नु पर्ने उनको भनाइ छ । जहिले पनि १०० रुपैयाँमै शेयर निष्काशन गर्न पाउनु पर्ने भन्दा पनि नेटवर्थका आधारमा १०० भन्दा तल र १०० भन्दा माथिको शेयर निष्काशन गर्न पाउनु पर्ने उनको भनाइ छ । ७० रुपैयाँ नेटवर्थ भएको कम्पनीलाई १०० रुपैयाँमा निष्काशन गर्न दिनु गलत भएको उनको भनाइ छ ।

बैंक वित्तीय संस्थाले परम्परागत रुपमा लगानी गर्दै आइरहेको सन्दर्भमा मर्चेन्ट बैंकहरुहरुले इनोभेटिभ र नयाँ क्षेत्रमा लगानी गर्ने वातावरणका लागि फण्डिङ मेकानिजम तयार पार्नु पर्ने अध्यक्ष हमालको भनाइ छ । विदेशबाट एक अर्ब पैसा ल्याएर लघु र साना उद्यमका लागि लगानी गर्ने बापतावरण बनाउन सरोकारवाला निकायहरुलाई सुझाव दिइरहेको हमालले जानकारी दिए । यसका लागि बोर्डले इक्वीटी लगानीको वातावरण सिर्जना गर्ने हमालले बताए । नेपाल सँग विकास गर्ने अवधि ३० वर्ष मात्रै रहेको हुँदा लगानीका दायरा फराकिलो बनाउदै जानु पर्ने उनको सुझाव छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS