IME Life

कुनै वर्ष व्यक्तिगत र टिममा गरि ८ करोडसम्म प्रिमियम संकलन गरेको छु : सिनियर एजेन्सी म्यानेजर कृष्ण बहादुर भट्टराई

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । कास्की, पोखराका कृष्ण बहादुर भट्टराईले अभिकर्ता पेशा सुरु गरेको १५ बर्ष वित्यो । समयको रफ्तारसँगै उनको अभिकर्ता यात्रा पनि निरन्तर चलिरहेको छ । १५ वटा वर्ष विते, तर कृष्णलाई भने प्रत्येक दिन यो पेशा एकदमै नयाँ लाग्छ । बीमाबारे सिकाइ र अध्ययन हिजो जस्तो थियो, आज पनि उस्तै छ । १५ वर्षअघि गुँरास लाइफ इन्स्योरेन्समा जोडिएका उनलाई वर्तमान समयमा गुँरास लाइफको राम्रो व्यवसाय गर्ने अभिकर्ताको रुपमा चिनिन्छ । अभिकर्ता मात्र नभई सिनियर एजेन्सी म्यानेजरको पद समेत सम्हाल्दै आएका उनी आफूसँगै आफ्नो टिमलाई नयाँ उचाइमा पुर्याउन निरन्तर लागि परेका छन् ।

Crest

सिनियर एजेन्सी म्यानेजर कृष्णबहादुर भट्टराई एक असल शिक्षक पनि हुन् । उनको अभिकर्ता पेशा पनि शिक्षक पेशाले जुटाइदिएको सुनौलो अवसर हो । कलेजमा बीमा शिर्षक पढाउनुपथ्र्याे, त्यसक्रममा थप जानकारी लिएर पढाउने विचारका साथ बीमाको तालिममा जोडिएका थिए उनी । उनी जोडिएको तालिममा उनले नै चिनेको एक जना शिक्षक प्रशिक्षकको रुपमा थिए । बीमा बारे राम्रो जानकारी भएको कृष्णलाई आफू पनि अभिकर्ता बनेर बीमा सचेतना दिन सक्छु भन्ने सोच आयो । तालिम सकिए लगत्तै उनले अभिकर्ता कोड लिएर काम सुरु गरे । सोहि वर्ष उनी गुँरास लाइफबाट नेपाल टप बने र नोकिया मोबाइल उपहार पाए ।

अभिकर्ता पेशामा सक्रिय रुपमा लागेका उनी तीन चार वर्ष काम गरेपछि भने ओझेलमा परे । काम नगरेपनि उनले बीमा गरिदिएका बीमितको प्रिमियम तिर्न उनी गुँरास लाइफ गइरहन्थे । उनी स्वयमले पनि गुँरास लाइफको पोलिसी खरिद गरेका थिए । जसकारण उनी गुँरास लाइफको कार्यालय पुगिरहन्थे । एक सक्रिय अभिकर्ता सेलाएको देखेपछि गुँरास लाइफको तत्कालिन क्षेत्रिय वरिष्ठ मार्केटिङ म्यानेजर श्यामप्रसाद तिमिल्सिनाले कम ब्याकको लागि अनुरोध गरिरहे । एक दुई पटक भने उनले तिमिल्सिनाको अनुरोधलाई इगनोर गरे । पछि भने उनले तिमिल्सिनासँग चियागफमा बसेर पुन काम सुरु गर्ने सोच बनाए । सोहि वर्ष असार महिनाको अन्तिम हप्ता काम गरे । उनको भाग्य भनौ अथवा कामप्रतिको लगनशीलता, एक हप्ताको कामले नै उनलाई एमडीआरटी क्वालिफाइड बनायो । जसले उनलाई कार चढ्ने मौका जुरायो भने मोबाइल ल्यापटप र टिभी समेत प्राप्त गरे । केहि दिनको कामले उनलाई कमिसन, एन्सेन्टिभ गरेर करिब १२ लाख रुपैयाँसम्म कमाउने मौका जुरायो ।

यसरी केहि वर्ष अभिकर्ता पेशाबाट ओझेल परेका उनले यसपछि भने कहिल्यै पछाडी फर्केर हेर्नु परेन । आयस्रोतको आधारमा होस् अथवा समाजले दिने मानसम्मान, अभिकर्ता पेशा उत्तिकै उत्कृष्ट छ । उनले व्यक्तिगत साथै टिममा पनि राम्रो व्यवसाय गर्दै आएका छन् । कुनै वर्ष उनी र उनको टिमले ८ करोडसम्म प्रिमियम संकलन गरेको याद छ उनलाई । हाल उनको टिममा ६० जना अभिकर्ता आवद्ध छन् । कृष्ण स्वयम ५ पटक एमडीआरर्टी क्वालिफाइड भइसकेका छन् । उनले कम्पनीले राख्ने विभिन्न टार्गेट, क्लवहरुमा समेत आफुलाई सक्षम बनाउ सफल भएका छन् । उनको टिमबाट वार्षिक ४/५ जना एमडीआरर्टी क्वालिफाइड हुने गरेका छन् । उनको टिमलाई पोखराबाट धेरै एमडीआरर्टी उत्पादन गर्ने टिमको रुपमा समेत चिनिन्छ । उनी आफ्नो टिममा सक्रिय साथै निरन्तर काम गर्ने अभिकर्तालाई बढी प्राथमिकता दिन्छन् । धेरै संख्या देखाउनेभन्दा पनि व्यवसाय राम्रो गर्ने अभिकर्तालाई आफ्नो टिममा स्वागत गर्ने गरेको उनी सुनाउँछन् ।

उनले यो सफलता भने थोरै मेहेनतले पाएका होइनन् । उनले बीमा सुरु गर्दा नेपालमा बीमा सम्बन्धि खासै जनचेतना थिएन । गाउँघरमा गएर बीमाबारे जानकारी दिने काम गर्दा निक्कै दुख पाएको सुनाउँछन् कृष्ण । अहिलेको जस्तो एन्ड्रोइट मोबाइल र ल्यापटपको प्रयोग खासै थिएन । टाइप राइटरबाट टाइप गरि प्रिन्ट गरिएको पेपरलाई प्लाष्टिकको थैलोमा पोको पारि प्रत्येक बीमितलाई सोहि पेपर देखाउँदै जानकारी दिने गर्थे । अन्य सामान्य नागरिकले हो भने अभिकर्ता बनेको दुई दिनमै काम छोड्ने उनी बताउँछन् ।

उनी एक शिक्षक भएकोले अभिकर्ता पेशामा थप सहयोग पुगेको थियो । उनले यो पेशा सुरु गर्ने बेला नेपालमा नेटवर्किङ व्यवसायको विगविगी थियो । पैसा खाएर भाग्छ भन्ने मानसिकता रहेको बेला बीमितको खल्तीबाट पैसा निकालेर बीमा गराउनु सहज काम थिएन । अन्य पुराना बीमा कम्पनीका अभिकर्ताले नयाँ कम्पनीले राम्रो बोनस नदिने, सेवा राम्रो नभएको भन्दै भाँड्ने काम पनि गरे । तर स्थानियको नजरमा शिक्षकको रुपमा चिनिएका कृष्णको कुरा सुनिदिउँ एकचोटि भनि उनको कुरा ध्यान दिएर सुन्ने उनीसँगै बीमा गर्ने क्रम बिस्तारै बढ्दै गयो । यसरी थुप्रै समस्याको बाबजुद पनि उनले यो पेशामा सफलता प्राप्त गरे । उनले अध्यापन पेशा सुरु गरेको ३१ वर्ष वितिसक्यो । अभिकर्ता र शिक्षक पेशालाई निरन्तर रुपमा अघि बढाउँदै आएका छन् कृष्णले । शिक्षक पेशा सुरु गरेदेखि नै बीमा बारे जानकारी पाएका उनी शिक्षक पदकै कारण अभिकर्ता क्षेत्रमा जमेका हुन् । यी दुई पेशामध्ये अभिकर्ता बन्नु जटिल लाग्छ उनलाई । कृष्णका अनुसार, अभिकर्ता बन्नु भनेको चुनौतीलाई स्वीकार हो ।

कृष्णको अनुभवमा अभिकर्ता पेशामा सहनशील, अनुशासित र संयमशील हुनुपर्छ । कम्पनीको बारेमा सम्पूर्ण जानकारी राख्नुपर्छ । कतिपय ग्राहकलाई धेरै पटक जानकारी दिएपनि नाई भन्ने गर्दछन् । तर अभिकर्ता संयमशील भएर निरन्तर लागि पर्ने हो भने कुनै न कुनै समय बीमा गर्न राजी हुने उनको भनाई छ । यसैपनि यो क्षेत्रलाई सम्बन्धको बजारको भनिन्छ । जति धेरै सम्बन्ध विस्तार गर्न सकयिो त्यत्ति नै धेरै जनालाई बीमा गराउन सकिन्छ । यसका लागि सम्बन्ध जोगाएर राख्न सक्नुपर्छ, विश्वासको डोरोलाई बलियो बनाउन सकियो भने यो पेशमा सजिलै जम्न सकिने कृष्ण बताउँछन् । अभिकर्ताले आफूलाई हरेक क्षेत्रमा अभ्यस्त बनाउन सक्नु उसको लागि फाइदाको कुरा हो ।

अभिकर्ता पेशाले वर्तमानसँगै भविष्यलाई पनि सुनौलो बनाउन सहयोग गर्दछ । प्रत्येक व्यक्तिको चाहना भनेको भविष्यलाई सुरक्षित बनाउनु हो । जसकारण भिकर्ताले प्रत्येक बीमितलाई सुहाउँदो पोलिसी बिक्रि गरि बीमितलाई सहयोग गर्नुपर्ने उनको भनाई छ । साथै बीमा गरिसकेपछि पनि बीमितलाई फलोअप गर्ने, प्रिमियम तिर्न सहयोग गर्ने, क्लेम सेटलमेन्ट लगाएतमा सहयोग गरेमा विश्वास बलियो भई बस्दछ । यसकारण अभिकर्ताले हमेस लगनशील र विश्वासिलो भई काम गर्नुपर्ने उनको बुझाई छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

89%

खुसी

0%

दु :खी

0%

अचम्मित

11%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS