IME Life

बीमा प्राधिकरणले सुरु गर्यो नयाँ माइक्रो इन्स्योरेन्सको कार्यालय निरीक्षण, सिइओलाई काठमाडौंमा बस्न नदिने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नयाँ लाइसेन्स पाएका माइक्रोइन्स्योरेन्स कम्पनीको निर्माधिन कार्यालयको निरीक्षण सुरु गरेको छ । कार्यालय सम्बन्धी मापदण्ड पुरा भए नभएको हेर्नका लागि प्राधिकरणले कर्मचारी खटाएर स्थलगत निरीक्षणमा पठाएको हो ।

यसै क्रममा चितवनको नेपाल माइक्रोइन्स्योरेन्स कम्पनीको कार्यालय निरीक्षण गरिसकेको छ । निरीक्षणका क्रममा कार्यालयको भवन, लोकेशन, भौतिक संरचना, कार्यकक्ष, सूचना तथा प्रविधि प्रणालीको अवस्थितिका बारेमा अनुगमन गरिएको छ ।

Prabhu
Crest

केन्द्रिय कार्यालय भनिसके पछि हेर्दाखेरी पनि केन्द्रिय कार्यालय जस्तै देखिनु पर्ने प्राधिकरणको भनाइ रहेको छ । केन्द्रिय कार्यालय भन्ने तर शाखा कार्यालयको जस्तो संरचना भएमा राम्रो सन्देश नजाने भन्दै निरीक्षण गरिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

प्राधिकरणले सम्पुर्ण लघु बीमा कम्पनीहरुलाई लाइसेन्स प्रदान गर्दा नै स्थान तोकिएको हुँदा उनिहरुले तोकिएको स्थानमा केन्द्रिय कार्यालयको संचरना बनाउनु पर्नेछ । कतिपय बीमा कम्पनीहरुले तोकिएको स्थानमा कार्यालय स्थापना गर्ने तर प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकहरु काठमाडौंमै बस्न खोजेको पाइए पछि स्थलगत निरीक्षण गरिएको हो ।

केन्द्रिय कार्यालयमा प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तहका कर्मचारीहरुको आ-आफ्नै कार्यकक्ष हुनुपर्नेछ । सञ्चालक समितिको बैठक समेत तोकिएकै स्थानमा बस्नु पर्ने व्यवस्था गरिएकाले सञ्चालक समितिको बैठक कक्ष पनि निर्माण गर्नु पर्नेछ । केन्द्रिय कार्यालयको सूचना तथा प्रविधिको व्याक अफिस पनि तोकिएको स्थानमा हुनु पर्नेछ ।

प्राधिकरणले कम्पनीहरुलाई काठमाडौंमा सम्पर्क कार्यालय राख्न पाउने तर प्रमुख कार्यकारी अधिकृतदेखि लिएर सञ्चालकहरुको कार्यकक्ष काठमाडौंमा नभएर तोकिएकै स्थानमा राख्न निर्देशन दिएको छ ।

प्राधिकरणका अनुसार हालसम्म चार वटा लघु बीमा कम्पनीहरुले लाइसेन्स लिइसकेका छन् । उनिहरुले सञ्चालक समितिको अध्यक्ष मनोनयन गर्नेदेखि लिएर प्रमुख कार्यकारी अधिकृत नै नियुक्ति गरिसकेका छन् ।

प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स दिएर कारोबारका लागि आवस्यक पुर्व तयारी गर्न निर्देशन दिइसकेको छ ।

नेपाल माइक्रोले चितवन, गार्डियन माइक्रोले विराटनगर, क्रेष्ट माइक्रोले विरेन्द्रनगर सुर्खेत र प्रोटेक्टिभ माइक्रोले धनगढीमा केन्द्रिय कार्यालय स्थापना गरेका छन् । लगभग सबैले कार्यालय सेटअप गरिसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%

खुसी

0%

दु :खी

14%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS